Techie IT
२०८१ वैशाख १६, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपाल‘कर्णाली कोरिडोरमा सडक बने सुदूरपश्चिम र कर्णालीमा समृद्धि’

‘कर्णाली कोरिडोरमा सडक बने सुदूरपश्चिम र कर्णालीमा समृद्धि’


कैलाली । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली कोरिडोरमा दुई लाइनको डेडिकेडेट सडक भए सुदूरपश्चिम र कर्णालीमा विकास समृद्धि आउने बताए ।

टीकापुर महोत्सवको उद्घाटन गर्दै उपप्रधानमन्त्री खडकाले सुदूरपश्चिम र कर्णाली प्रदेशको संस्कृति, भूगोल जस्तै विकास आयोजना पनि साझा भएकाले कर्णाली कोरिडोर बने दुवै प्रदेशलाई फाइदा पुग्ने बताए ।

खडकाले साधन स्रोतको पहिचान गरी आर्थिक क्रियाकलाप बढाई समृद्ध प्रदेश बनाउनुपर्ने उल्लेख गर्दै कैलाश मानसरोवर जाने छोटो मार्ग भएकाले भारतीय पर्यटक आकर्षित गर्न सकिने बताए ।

टीकापुर उद्योग वाणिज्य सङ्घद्वारा आयोजित महोत्सवमा स्थानीयबासीले मन्त्री खडका समक्ष सुदूरपश्चिम र कर्णाली प्रदेश जोडने उत्तरतिरका सडक मार्ग खोलिनुपर्ने, सत्ती भन्सारमा क्वारेन्टाइन हुनुपर्ने, टीकापुरमा एयरपोर्ट कालोपत्रे गरी सञ्चालन गर्नुपर्ने, कर्णाली नदी किनारमा बलियो तटबन्ध, कर्णाली नदीमा बन्न लागेको पुलको काम छिटो हुनुपर्ने, टीकापुरलाई केरा पकेट क्षेत्र घोषणा गरी सरकारी लगानी बढाउनुपर्ने र टीकापुर पार्कलाई राष्ट्रिय लगानी गरी सङ्ग्रहालय बनाइनुपर्ने माग राखेका छन् ।

महोत्सवमा वरिष्ठ इन्जिनियर तथा वास्तुकलाविद् शङ्करनाथ रिमाललाई सम्मान गरिएको छ । ८९ वर्षीय रिमालले ४७ वर्षअघि टीकापुर सहरको रेखाङ्कन गरेका थिए ।

टीकापुर उद्योग वाणिज्य सङ्घद्वारा २०६५ सालदेखि वर्षेनी आयोजना हुने महोत्सव यस वर्ष पनि पुस २७ गतेदेखि माघ ८ गतेसम्म हुँदैछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

राष्ट्रिय सभा सदस्य शाक्यद्वारा शपथ ग्रहण

काठमाडौँ । राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्यले शपथग्रहण गरेकी छिन् । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालबाट आइतवार सिंहदरबारमा एक

नेपाली नागरिकका लागि चीनले भिसा शुल्क नलिने

काठमाडौँ । चीनले नेपाली नागरिकबाट भिसा शुल्क नलिने भएको छ । नेपालस्थित चिनियाँ दूतावासका अनुसार मे १ बाट चीनले नेपाली

शंखमूलस्थित एक ग्यारेजमा आगलागी

काठमाडौँ । काठमाडौँको शंखमूलस्थित एक ग्यारेजमा आइतबार आगलागी भएको छ । ग्यारेजबाट सुरु भएको आगलागी सँगै जोडिएका अरू टहरामा समेत

नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै यस अवसरलाई सदुपयोग गरेर फाइदा दिन

जापानी परराष्ट्रमन्त्री वैशाख २३ गते नेपाल आउने

काठमाडौं । जापानी परराष्ट्रमन्त्री खामिखावा योको वैशाख २३ गते अर्थात् अर्को आइतवार नेपाल भ्रमणमा आउने भएको छ । जापानको विदेश

इलाम र बझाङमा मतगणना हुँदै

काठमाडौँ । इलाम क्षेत्र नम्बर–२ मा आज बिहान ७ बजेदेखि मतगणना गर्ने निर्णय गरिएको छ । शनिबार राति बसेको सर्वपक्षीय

Techie IT