Techie IT
२०८२ असार ३१, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालडब्ल्यूटीओको व्यापार तथा विकास समितिको अध्यक्षमा राजदूत सुवेदी निर्वाचित

डब्ल्यूटीओको व्यापार तथा विकास समितिको अध्यक्षमा राजदूत सुवेदी निर्वाचित


काठमाडौँ । विश्व व्यापार सङ्गठनको श्क्रबारको परिषद् बैठकले नेपालका स्थायी प्रतिनिधि रामप्रसाद सुवेदीलाई सङ्गठनको ‘व्यापार तथा विकास’ समितिको अध्यक्षमा एक वर्षका लागि निर्विरोध निर्वाचित गरेको छ । परिषद्का अध्यक्ष अथालिहा लेसिबा मोलोकोमे गरेको प्रस्तावमा विश्व व्यापार सङ्गठनको सदस्य राष्ट्रहरूले समर्थन गरेका थिए ।

नेपाल सन् २००४ मा विश्व व्यापार सङ्गठनको सदस्य भएपछि उक्त सङ्गठनको अध्यक्षमा नेपाल पहिलोपटक निर्वाचित भएको हो । नेपाल विश्व व्यापार सङ्गठनको सदस्य भएको २० औँ वर्ष मनाइरहदा प्राप्त यो अवसर नेपालको लागि गौरको विषय हो ।

नेपालले उक्त पदको जिम्मेवारी यस वर्षको दोश्रो नियमित बैठकवाट आरम्भ गरी सन् २०२५ पहिलो नियमित बैठक सम्म सम्हाल्ने जेनेभास्थित नेपालको नियोगले जनाएको छ ।

विश्व व्यापार सङ्गठन मूलत अन्तराष्ट्रिय व्यापारको नियम बनाउने सर्वोच्च निकाय भएता पनि पछिल्ला छलफल तथा बहसहरू विकास केन्द्रित हुने गरेका छन । नेपाललाई विश्वव्यापार सङ्गठनको माराकेस सम्झौताको क्षेत्राधिकार भित्र रहि व्यापार र विकाससंग सम्बन्धित विषयमा सदस्य राष्ट्रहरूलाई संयोजन गर्ने र साझा सहमति गराउने अवसर मिल्ने छ ।

समितिको अध्यक्षमा राजदूत सुवेदीको नियुक्तिले नेपाललाई विश्व व्यापार सङ्गठनका सदस्यहरुबीच विचारविमर्श र सहजीकरणका साथै विकास, व्यापार र लगानीका विषयमा विकास सरोकारवालाहरुसँगको संवादमा संलग्न हुन अवसर मिल्नेछ भने यो भूमिका दोहा कार्ययोजनाअनुसार अतिकम विकसित मूलुकका लागि व्यापारका लागि सहायताको परिचालन र मूलप्रवाहिकरण गर्ने सन्दर्भमा नेपालका निम्ति यो उपलब्धि हो ।

विश्वव्यापार सङ्गठनका अन्य निकायहरूमा रहेका अति कम विकसित मुलुकका हितका विषयवस्तुहरू सहजिकरण गर्न र अतिकम विकसित मुलुकहरुको समूहबाट स्तरोन्नति हुने चरणमा रहेका मुलुकका निम्ति अनुकूल वातावरण बनाउन गर्न महत्त्वपूर्ण हुनेछ ।

सन् २०२६ मा नेपाल अतिकम विकसित मुलुकहरूको समूहबाट स्तरोन्नतिको क्रममा रहेकाले नेपालको भूमिका अझ सान्दर्भिक हुने जेनेभास्थित नेपाली नियोगले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मोरङबाट ८०२ किलो गाँजा बरामद

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–१ स्थित उखु घारीबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय रंगेली,

म्याग्दीको धवलागिरिमा थुनिएको म्याग्दी नदी पुरानैलयमा बग्न थाल्यो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–४ बाँसबोटको भीरबाट खसेको पहिरोले हिजो दिउँसो थुनिएको म्याग्दी नदी पुरानैलयमा बग्न थालेको छ । धवलागिरि

रोल्पा थबाङका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कविहीन

काठमाडाैँ । रोल्पाको थबाङका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कविहीन भएका छन् । थबाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढा मगरका

अब स्वास्थ्य बीमामार्फत बिरामीले २ लाख सुविधा पाउने स्वास्थ्य मन्त्री…

काठमाडौँ । स्वास्थ्य बीमा कार्यक्रममा आवद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताएका

रसुवा बाढीमा बेपत्ताको खोजी र उद्धारलाई प्रभावकारी बनाउन निर्देशन

काठमाडाैँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठकले रसुवाको बाढीमा बेपत्ताको खोज–उद्धार कार्यलाई निरन्तरतासहित थप प्रभावकारी बनाउन सम्बन्धित

सहमति जुटेपछि चिकित्सक सङ्घको आन्दोलन स्थगित

काठमाडाैँ । सरकार र आन्दोलनरत नेपाल चिकित्सक सङ्घबीच सहमति जुटेको छ । आन्दोलनरत चिकित्सक र सरकारबीच हिजो बेलुका तीन बुँदे

Techie IT