Techie IT
२०८२ भदौ ३०, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालधनुषामा मृत फेला परेका राधेकी श्रीमती अस्मिताको पनि मृत्यु

धनुषामा मृत फेला परेका राधेकी श्रीमती अस्मिताको पनि मृत्यु


जनकपुरधाम । धनुषामा सोमबार बिहान मृत फेला परेका महोत्तरीको लोहारपट्टी नगरपालिका–३ महदैयाका २२ वर्षीय राधे सहनीको श्रीमती अस्मिताको पनि मृत्यु भएको छ ।

गम्भीर घाइते अवस्थामा फेला परेकी श्रीमती २० वर्षीया अस्मिता शर्माको सोमबार राति ११ बजे प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक दिपक कार्कीका अनुसार श्रीमान राधे सोमबार बिहान धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ३ पकडिया स्थित सडक छेउको गहुँ खेतमा मृत फेला परेका थिए ।

चार महिना अघि राधे र पकडियाकी अस्मिताबीच प्रेम विवाह भएपछि दम्पति क्षिरेश्वरनाथ नगरपालिकाकै महेन्द्रनगरमा डेरा गरी बस्दै आएका थिए ।

आइतबार राति १० बजेतिर केही साथीसँगै ससुराली घर पकडियाबाट महेन्द्रनगर डेरामा रमाइलो गर्नुपर्छ भनेर ज ५ प ७८०० नम्बरको मोटरसाइकलमा अस्मितलाई लिएर हिडेका राधे डेढकिलोमिटर टाढा दुर्घटनामा परेका थिए ।

राधेका साथीहरु दुर्घनामा परेका राधेलाई छाडेर र अस्मितलाई गम्भीर घाइते अवस्थामा मातइत पुर्याएर भागेका थिए । माइत पक्षले राधेले नै अस्मितलाई मरासन्न हुनेगरी कुटपिट गरेर भागेको भन्दै प्रहरीमा खबर गरेका थिए । अस्मितालाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरेको थियो ।

रातभर राधेलाई खोजविन गर्दा सोमबार बिहान उनी मृत अवस्थामा फेला परेका थिए । प्रहरीले भागेका तीनैजना युवकलाई सोमबार दिउँसो नियन्त्रणमा लिएर सोधपुछ गरेपछि मोटरासइकल दुर्घटना भएको खुलेको हो । राधे मृत फेला परेका ठाउँमा मोटरसाइकल दुर्घटना भएको जस्तो केही पार्टपुर्जा फेला परेको थियो ।

राधे चलाउने मोटरसाइकल अन्य साथीको रहेको खुलेको प्रहरी निरीक्षक कार्कीले बताए । कार्कीका अनुसार राधेले अत्यधिक मदिरा सेवन गरेर मोटरसाइकल चलाउँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार घाइते अवस्थामा राधेलाई उपचारको लागि भर्ना गराएको भने बाँच्न सक्थो । तर, गम्भीर अवस्थामा रातभर कठ्यांग्रिएर उनको मृत्यु भएको प्रहरीको भनाइ छ । उनका साथीहरुले राधे नशामा रहेकाले आफै उठेर आउन सक्ने अनुसमानसहित अस्मितालाई माइत पुर्याएर भागेका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालय

काठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै

Techie IT