Techie IT
२०८२ असोज २५, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालविपद् पूर्वतयारीमा ध्यान दिनुपर्छ: मुख्यमन्त्री पाण्डे

विपद् पूर्वतयारीमा ध्यान दिनुपर्छ: मुख्यमन्त्री पाण्डे


स्याङ्जा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद्का बेला गण्डकी प्रदेश सरकार जनताको साथमा छ भन्ने प्रत्याभूति गराएको बताएका छन् ।

२६औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा आज स्याङ्जाको वालिङमा भएको उद्धार विपद् तथा नमुना अभ्यास कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उनले प्रदेशका विभिन्न ठाउँमा भएका विपदका समयमा गण्डकी प्रदेश सरकार तत्कालै विपद प्रतिकार्यमा जुटेको जानकारी दिए ।

“गण्डकी प्रदेशमा हिमाल, पहाड र तराई तीन फरक –फरक भूगोल छन्” उनले भने, “यहाँ विभिन्न किसिमका विपद आउन सक्छन्, विपद् कहाँ कतिबेला आउँछ थाहै हुँदैन त्यसैले विपद् पूर्व र पछिको उद्धार प्रतिकार्यका लागि तयारी अवस्थामा रहनुपर्छ । ”विपद् पूर्वको तयारी र विपद्पछिको उद्धार, राहत, क्षतिपूर्ति, पुनःस्थापन लगायतका कार्यका लागि गण्डकी प्रदेश सरकारले रु दश करोड विनियोजन गरेको उनले बताए ।

गण्डकी प्रदेशभित्रका स्थानीय तहलाई पनि विपद् व्यवस्थापनका लागि न्यूनतम रु दश लाख विनियोजन गर्न निर्देशन दिइएको उनले बताए ।

उनले गण्डकी प्रदेश सरकारले विपदपछि आइपर्ने उद्धारकार्यका लागि तालिम, प्रशिक्षण, उपकरण खरिदमा सहयोग र सुरक्षाकर्मीको मनोबल बढाउने कार्य गर्दै आएको जानकारी दिए ।काल्पनिक तर समाजले भोग्दै आएका घटनालाई नमुनाको रुपमा प्रस्तुत गरिएको उक्त अभ्यासले समुदायको भूमिका, नागरिकको भूमिका के हुन्छ भन्ने जनचेतना जगाउनका लागि नमुना अभ्यास प्रदर्शन गरिएको सशस्त्र प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सिनाले बताए ।

‘स्थानीय स्रोत र प्रविधिको प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ, भन्ने मूल नारासहित गण्डकी प्रदेश सरकारको सहयोग, समन्वय र सहकार्यमा सशस्त्र प्रहरी बल नेपाल नं ४ मुक्तिनाथ बाहिनी मुख्यालयको आयोजनामा वालिङ– ९ स्थित भुम्रेमा बाढीपहिरो, भूक्षय, भूकम्प, आगलागी लगायतका विपद्का समयमा गर्ने विधिको नमुना प्रदर्शन गरिएको थियो ।

आँधीखोलाको किनारमा गरिएको नमुना अभ्यास प्रदर्शन अवलोकन गर्न गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारी, गण्डकी प्रदेश सभाका सदस्य, स्याङ्जाका स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसहित स्थानीयवासीको उपस्थिति रहेको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT