Techie IT
२०८२ कात्तिक २, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालनक्कली रक्सी बनाएको आरोपमा ९ जना पक्राउ

नक्कली रक्सी बनाएको आरोपमा ९ जना पक्राउ


काठमाडौँ । नक्कली रक्सी बनाएको आरोपमा प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई पक्राउ गरि सार्वजनिक गरेको हो ।

स्वदेशी तथा विदेशी विभिन्न ब्राण्डका रक्सीका नाममा नक्कली रक्सी बजारमा पठाउने गरेको गुनासा र गोप्य सूचना प्राप्त भएपछि अनुसन्धान गरिएको प्रहरीले जनाएको छ । मंगलबार प्रहरीले काठमाडौँको मनोहरा नगरपालिका ५ थलीस्थित भरत थापाको घरमा डेरा गरी बस्ने विनोदकुमार कार्कीको कोठाबाट नक्कली रक्सी बनाउने सामग्री बरामद गरेको थियो । प्रहरीले नक्कली रक्सी बनाउने गिरोहमा संलग्न ९ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछाप, खाँडादेबी गाउँपालिका वडा नं ०२ हाल मुलपानी बस्ने २८ वर्षीय मनोज खत्री, कोटेश्वर बस्ने ३६ वर्षीय बिनोद कुमार कार्की, सिन्धुपाल्चोक, चौतारा गरपालिका वडा नं ०३ हाल मुलपानी बस्ने २७ वर्षीय मोहन खड्का, १८ वर्षीय रोशन कार्की,सिन्धुली, कमलामाई नगरपालिका वडा नं ०९ मुलपानी बस्ने २८ वर्षीय गौरव तामाङ, कोटेश्वर बस्ने ४० वर्षीय लेख ब्रिकम थापा, रामेछाप, मजुवाका २३ वर्षीय महेश खत्री, खाँडादेवी गाउँपालिकाका २० वर्षीय मनिश खत्री र काठमाडौँ कागेश्वरी मनोहरा वडा नं. ०६ मुलपानीका ३५ वर्षीय सुमन नगरकोटी रहेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT