Techie IT
२०८० फागुन १७, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियक्यानडामा नयाँ विद्यार्थीहरुको अवस्था भयावह, एक जनालाई उद्धार गरि नेपाल पठाइयो

क्यानडामा नयाँ विद्यार्थीहरुको अवस्था भयावह, एक जनालाई उद्धार गरि नेपाल पठाइयो


टोरण्टो । पढ्नका लागि क्यानडा आइपुगेका भैरहवाका एक विद्यार्थीलाई एनआरएनए क्यानडाको पहलमा उद्धार गरि नेपाल पठाइएको छ । सिदार्थनगर नगरपालिका वडा नं.८, बुद्धपथ, भैरहवाका २३ बर्षिय साहिल श्रेष्ठलाई आइतबार उद्धार गरि नेपाल पठाइएको हो ।

पढ्न आएका श्रेष्ठले पढाईको अतिरिक्त आफुले सोचे जस्तो काम नपाएपछि डिप्रेसनमा पर्दै गएका थिए । करिब १ बर्ष अगाडि सफ्टवेयर टेक्नोलोजी विषय पढ्न सेन्टेनियल कलेज, स्कारब्रो, टोरण्टो आएका श्रेष्ठ डिप्रेसनमा पर्दै गएको उनिसङै कोठामा बस्ने साथी सागर मानन्धरले जानकारी दिए । शुरूवातमा उनको व्यबहार राम्रो भएपनि पछि उनी डिप्रेसनमा पर्दै गएको उनले बताए ।

उनले कोठा भाडासमेत तिर्न नसकेर समस्यामा परेको थाहा पाएसङै एनआरएनए क्यानडाका कार्यसमिति सदस्य कमल ज्ञवालीले आइतबार दिउँसो ४ बजे श्रेष्ठको उद्दार गरेका थिए । एनआरएनए क्यानडाका कार्य समिति सदस्य ज्ञवालीले नेपालमा श्रेष्ठको परिवारलाई सम्पर्क गरि हिजो नेपाल पठाएका थिए । कतार एयरवेज मार्फत उनी आज बुधबार बिहान काठमाडौँ पुगेको ज्ञवालीले जानकारी दिए । श्रेष्ठको उद्धार गर्नको लागि क्यानडामा रहेका अजय कार्कीको सहयोग रहेको ज्ञवालीले बताए ।

क्यानडा प्रहरीले श्रेष्ठलाई बेवारिसे अवस्थामा भेटेर सिबिक हस्पिटल, ब्राम्पटन पुर्याएको जानकारी पाए लगत्तै ज्ञवालीले उनको उद्धार गरि नेपाल पठाउन सफल भएको बताए । उनि आज बिहान ९ बजे नेपाल पुगेको र एयरपोर्टबाट उनको परिवारजनले भेटेर जिम्मा लिएको ज्ञवालीले जानकारी दिए ।

क्यानडामा विद्यार्थीले काम पाउन मुस्किल छ– एनआरएनए क्यानडा ‘क्यानाडामा अहिले नेपाली नयाँ विद्यार्थीहरुको अवस्था अत्यन्तै भयाबह छ । तपाई हामीले सोचेको भन्दा पनि धेरै’, एनआरएनए क्यानडाका सदस्य कमल ज्ञवालीले भने, ‘कलिला साना साना भाई बहिनीहरु जसले नेपाल हुँदा खानासम्म बनाउन परेन ।’

एउटा ठुलो सपना बोकेर नेपाल छोडी आएका छन । यहाँ आइसके पछि एकातिर कोठा भाडा, खानाको समस्या, कामको समस्या अर्को तिर नेपालबाट करिब २५ लाख रुपैयाको ऋणको बोझ । बाबु आमाले बिहानै बेलुकी सोध्ने प्रश्न ‘काम पाइस् कि नाई’अर्को तिर कलेजको फी तिर्नुपर्ने दिन नजिकिदै गर्दा क्यानडा आएका कतै तपाई हाम्रा छोरा छोरी भाई बहिनी भान्जा भान्जी टाउको भरि येत्रो समस्या बोकेर हिड्दा मानसिक समस्या मा त छैनन् ? उनिहरु लाई खाना खायो कि खाएन , पढाईको कत्तिको प्रेसर छ भन्ने सोध्ने गरौ जागिर को तनाब नदिँउ, जागिर पाए पछि गर्छन उनि हरुलाई झनै पिर छ आफ्नो भबिष्यको, ज्ञवालीले भने ।

एनआरएनए क्यानडाका अध्यक्ष माधव दुलालले विद्यार्थीहरुका लागी क्यानडामा काम पाउन मुस्किल हुँदै गएको बताए । विद्यार्थी श्रेष्ठको समस्याबारे जानकारी हुनासाथ हामीले तत्कालै हाम्रा सदस्य कमल ज्ञवाली मार्फत उद्धारको पहल गरेका हौं, उनले बताए । क्यनडामा विद्यार्थीलाई पूरा समय काम गर्ने अनुमती छैन, हप्ताको २० घण्टामात्रै काम गर्न पाउने यहाँको सरकारी नियम छ उनले भने ।

काम दिने कम्पनी अथवा संस्थाले पनि विद्यार्थीलाई काम दिन असाध्यै गाह्रो मान्छन, पढाईको अतिरिक्त काम पाउन र गर्न पनि त्यतिकै गाह्रो छ अध्यक्ष दुलालले भने । करिब ५ महिना त यहाँ हिउँ पर्ने गर्दछ । समर सिजनमा केहि काम पाउन सहज भएपनि क्यानडामा अन्तर्राष्ट्रिय विद्यार्थीको चाप दिनदिनै बढेको कारण अभिवावकले विद्यार्थीलाइ कामको र पैसा कमाउने प्रेसर नदिन अनुरोध समेत गरेका छन ।

यहाँको पढाइ सकेपछि भने विद्यार्थीले पढेअनुसार काम पाउन भने सजिलो रहेको एनआरएनए क्यानडाका अध्यक्ष दुलालले बताए । हामीले हरेक सिटी र प्रोभिन्समा रहेका एनआरएनएका कार्यसमिति तथा अग्रज साथीहरुलाई नेपाली विद्यार्थीहरुको समस्यामा साथ दिन र सक्दो पहलको लागि अनुरोध समेत गरिरहेका छौँ, उनले भने । बढ्दो विद्यार्थीको चापले काम पाउन कठिन भएको अध्यक्ष दुलालले बताए । (पत्रकार सिंखडा हाल क्यानडामा रहेका  छन्।)




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

शर्मिला वाइबा थप ४ दिन हिरासतमै रहने

काठमाडौँ । हाँस्य कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेकी कथित अभियन्ता शर्मिला वाइबालाई ४ दिन म्याद थप

सेफ्टी ट्याङ्करमा लागूऔषध राखेर तस्करी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौँ । प्रहरीले सेफ्टी ट्याङ्करभित्र लागूऔषध राखेर तस्करी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरको

राष्ट्रिय सभाका नवनिर्वाचित १९ सदस्यको शपथ सोमबार

काठमाडौँ । गत माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनमा विजयी सदस्यहरूको शपथ सोमबार हुने भएको छ । सातै प्रदेशबाट

मन्त्री र सचिवहरूको कामप्रति प्रधानमन्त्री असन्तुष्ट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकारले लक्ष्य अनुसार परिणाम दिन नसकेको स्वीकार्दै मन्त्रालयहरुको कार्यसम्पादनप्रति असन्तुष्टि जनाएका छन्

कर्णालीमा डिजिटल मार्गचित्र तयार गर्न प्रविधि सम्मेलन हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा भोलिदेखि डिजिटल कर्णाली कन्क्लेभ अर्थात प्रविधि सम्मेलन हुने भएको छ । कर्णाली प्रदेश

हिमाल पग्लिएकोबारे विश्वको ध्यानाकर्षण गर्न २५ जना महिला कालापत्थर प्रस्थान

काठमाडौँ । जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पारेको असरका विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउने उद्देश्यले नेपाली

Techie IT