Techie IT
२०८२ मंसीर ७, शनिबार
NepaliPatra logo
गृहपृष्ठअर्थपुस महिनामा घर-जग्गा कारोबार बढ्यो

पुस महिनामा घर-जग्गा कारोबार बढ्यो


काठमाडौँ । गत पुस महिनामा घरजग्गा कारोबारमा वृद्धि भएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ ।

विभागको तथ्यांक अनुसार गत पुसमा १ लाख ३६ हजार ७ सय ७३ कारोबारबाट ३ अर्ब ५१ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

यो रकम गत मंसिर महिनाको तुलनामा ६५ करोड रुपैयाँले बढी हो ।

सबैभन्दा धेरै घरजग्गा किनबेच सुनसरीको इनरुवा मालपोत कार्यालयबाट भएको छ । इनरुवा मालपोत कार्यालयबाट पुसमा १ हजार ९ सय ३७ लिखत पारित भएको थियो । दोस्रोमा भद्रपुर मालपोत कार्यालयबाट १ हजार ७ सय ४३, मोरङ बेलबारीबाट १ हजार ६ सय ५०, जनकपुरबाट १ हजार ५ सय २०, राजविराजबाट १ हजार २ सय ६०, जलेश्वरबाट १ हजार ५७, मलंगवाबाट १ हजार ४५ र तौलिहवा मालपोत कार्यालयबाट १ हजार २ लिखत पारित भएका छन् ।

काठमाडांै उपत्यकामा भक्तपुर मालपोत कार्यालयबाट सबैभन्दा धेरै ८ सय ७७ लिखत पारित भएको थियो । यस्तै, ललितपुरको लगनखेल मालपोतबाट सबैभन्दा धेरै रकम अर्थात २७ करोड ७२ लाख रुपैयाँ राजस्व संकलन भएको पनि विभागले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त

काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र

ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानित

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट अत्यावश्यक सामाग्री ल्याउदै

रुपन्देही । भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट नेपालका लागि अत्यावश्यक सामाग्रीहरु भित्र्याउन शुुरु गरेको छ । जिल्ला सुरक्षा समितिले बिहिबार

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

Techie IT