Techie IT
२०८२ भदौ १६, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालसंसद्‍ महासचिवको नियुक्ति अड्काइदिएपछि राष्ट्रपतिलाई सभामुख र राष्ट्रियसभा अध्यक्षले लेखे अर्को पत्र

संसद्‍ महासचिवको नियुक्ति अड्काइदिएपछि राष्ट्रपतिलाई सभामुख र राष्ट्रियसभा अध्यक्षले लेखे अर्को पत्र


काठमाडौँ । संघीय संसद्को महासचिव नियुक्ति प्रक्रियालाई शीतल निवासले करिब डेढ महिनादेखि अड्काइदिएपछि सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रपतिलाई अर्को पत्र लेखेका छन् ।

मंसिर २५ गते तत्कालीन महासचिव डा. भरतराज गौतमले राजीनामा दिएपछि सचिव पद्मप्रसाद पाण्डेलाई महासचिव नियुक्तिका लागि गरिएको सिफारिस अलपत्र परेपछि संसद्‍बाट राष्ट्रपति रामचन्द्र पौडेललाई स्मरण पत्र लेखिएको हो ।

संघीय संसद् श्रोतका अनुसार घिमिरे र तिमल्सिनाद्वारा हस्ताक्षरित पत्र तीन दिनअघि राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेको हो ।

‘मंसिर २५ गते नै संसद्को महासचिवमा नियुक्तिका लागि पद्यमप्रसाद पाण्डेको नाम सिफारिस भइसककेको छ । तर पाण्डेलाई महासचिवमा नियुक्तिका लागि भएको उक्त उक्त सिफारिस राष्ट्रपतिको कार्यालयमा किन र के कारणले रोकियोरु भनेर स्मरण पत्र पठाएका छौँ’, संसद् सचिवालयका एक अधिकारीले भने ।

राष्ट्रपतिले उक्त सिफारिस अड्काइदिएपछि पाण्डेलाई गत मंसिर २७ गते संसद् सचिवालयको कार्यवाहक महासचिव बनाइएको थियो ।

मंसिर २५ मै महासचिवमा नियुक्तिका लागि सिफारिस भए पनि राष्ट्रपति पौडेलले आवश्यक कानुनी परामर्श भन्दै अड्काइदिएका छन् ।

महासचिवमा पाण्डेको नियुक्तिबारे संसद् र राष्ट्रपतिबीच द्वन्द्वको अवस्था देखिएको छ। यस्तो अवस्थामा संसदको नेतृत्वबाट राष्ट्रपतिलाई फेरि अर्को पत्र गएको हो ।

संविधानको धारा १०६ बमोजिम प्रतिनिधि सभाको सभामुख र राष्ट्रिय सभाको अध्यक्ष दुवैको संयुक्त सिफारिसमा पाण्डेको नाम संघीय संसद्‌को महासचिवमा सिफारिस भएको थियो ।

नौ महिना कार्यकाल बाँकी रहँदै तत्कालीन महासचिव डा. भरतराज गौतमले राजीनामा दिएपछि पाण्डेलाई नयाँ महासचिवका रुपमा संसद्बाट भएको सिफारिस राजनीतिक कारणले अड्किएको हो ।

संघीय ससंद्को सचिव हुनुअघि पाण्डे महान्यायाधिवक्ताको कार्यालयमा नायब महान्यायधिवक्ता थिए । उनलाई २०८० वैशाख ७ गते संसद् सचिवालयको सचिव नियुक्त गरिएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालय

काठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै

कोरिया जान १ लाख ३ हजार आवेदन

काठमाडौं । सन् २०२५ मा रोजगार अनुमति प्रणाली इपिएस मार्फत दक्षिण कोरिया जानका लागि एक लाख तीन हजार जनाको आवेदन

बागलुङको निसेलढोर गाउँमा विद्युत नपुग्दा स्थानीय अन्धकारमा बस्न बाध्य

बागलुङ । बागलुङको निसेलढोर गाउँमा विद्युत नपुग्दा स्थानीय अहिले पनि अन्धकारमा बस्न बाध्य छन् । निसीखोला गाउँपालिका–५ स्थित यस गाउँमा

Techie IT