Techie IT
२०८२ असार २१, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालचीसो बढेपछि बुटवल उपमहानगरपालिका भित्रका विद्यालयहरुमा विदा

चीसो बढेपछि बुटवल उपमहानगरपालिका भित्रका विद्यालयहरुमा विदा


बुटवल । अत्यधिक चीसो बढेपछि बुटवल उपमहानगरपालिकाले आजदेखि तीन दिन विद्यालयहरु बन्द गराएको छ ।

चीसोका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने संभावनालाई मध्यनजर गरी माघ ७ देखि ९ गतेसम्म तीन दिन विद्यालयमा जाडो विदा दिने निर्णय गरेको उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले जानकारी दिए ।

उपमहानगर भित्रका ३४ सामुदायिक, ५९ वटा संस्थागत,५ धार्मिक र ९ वटा मन्टेश्वरी सहित सबै विद्यालयमा माघ ७ गतेदेखि ९ गतेसम्म विदा दिइएको खनालले बताए ।

बुटवलमा पुर्व प्राथमिक तहदेखि कक्षा १२ सम्म ६७ हजार २ सय ५६ जना विद्यार्थी अध्ययनरत छन ।

बुटवलले जाडो विदा दिएपनि रुपन्देहीका अन्य पालिकामा जाडो विदा नदिइंदा चीसोले विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्ने र पठन पाठन प्रभावकारी नहुने अवस्था भएपनि अन्य पालिकाले विदा नदिएकोमा अभिभावकले गुनासो गरेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी

काठमाडौं । सरकारले यस वर्ष नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

Techie IT