Techie IT
२०८२ असार २, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपाल‘आर्टिफिसियल इन्टिलिजेन्स’ कोर्स अब ब्रिटिस कलेजमा

‘आर्टिफिसियल इन्टिलिजेन्स’ कोर्स अब ब्रिटिस कलेजमा


काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)ले नयाँ शैक्षिक कार्यक्रम बीएससी (अनर्स) कम्प्युटर साइन्स (आर्टिफिसियल इन्टिलिजेन्स) सुरु गरेको छ ।

ब्रिटिस एजुकेसन ग्रुप अन्तर्गतको ब्रिटिस कलेजले शुक्रवार एक कार्यक्रमको आयोजना गर्दै नयाँ पाठ्यक्रमको औपचारिक सुरुवात गरेको हो । ‘युनिभर्सिटी अफ द वेस्ट अफ इङ्गल्यान्ड’, युकेसँगको साझेदारीमा सञ्चालित यस विषयलाई बेलायतको इन्जिनियरिङ काउन्सिल, र ब्रिटिस कम्प्युटर सोसाइटीले पनि मान्यता दिएको छ ।

फिनटेक अलायन्स नेपालको सहकार्यमा भएको उद्घाटन समारोहमा नेपालका लागि बेलायती राजदूत महामहिम रोब फेनका साथै उद्योगी/व्यवसायी लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो । औपचारिक कार्यक्रमसँगै प्यानल छलफल समेत भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक गुणाकर भट्टले डिजिटल वालेटको युगबारे आफ्ना भनाइहरू राखेका थिए । त्यसपछि भएको प्यानल छलफलमा नेपालमा लोकप्रिय डिजिटल वालेट प्लेटर्फमहरु– ई–सेवा, खल्ती र आईएमई पेका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा फिनटेक अलायन्सका अध्यक्ष सञ्जीव सुब्बाले डिजिटल वालेटको भविष्यमा आर्टिफिसियल इन्टिलिजेन्स कसरी महत्त्वपूर्ण छ भन्नेबारेमा आफ्ना भनाइहरू राखे । उनले कसरी एआईले फिनटेकमा ठुला परिवर्तन ल्याउन सक्छ, र यसका सम्भावनाबारे पनि जानकारी दिए । सुब्बाले आइटिको क्षेत्रमा सिङ्गो देशलाई रूपान्तरण गर्ने अन्तर्राष्ट्रिय मान्यता प्राप्त युकेका विश्वविद्यालयका कार्यक्रमहरू नेपालमा ल्याएकोमा ब्रिटिस कलेजलाई धन्यवाद दिए ।

नेपालका लागि बेलायती राजदूत रोब फेनले नेपालमा डिजिटल लगानीको बारेमा महत्त्वपूर्ण मन्तव्य दिएका थिए । उनले भने, ‘युके र नेपालबिच बलियो सम्बन्धलाई सुदृढ गर्दै यस अग्रगामी कार्यक्रमको सुरुवात भएको देख्न पाउँदा म निकै खुसी छु । ब्रिटिस कलेज र युनिभर्सिटी अफ वेस्ट अफ इङ्गल्याण्डबीचको सहकार्यले शिक्षा र नवप्रवर्तनलाई बढवा दिने हाम्रो प्रतिबद्धतालाई अझै झल्काएको छ ।’

त्यस्तै, ब्रिटिस कलेजका डेपुटी प्रिन्सिपल डा. प्याट्रिक म्याकक्रडनले पनि कार्यक्रममा मन्तव्य राख्दै भने, ‘हामीले सुदृढ भविष्यको लागि नयाँ प्रतिभालाई सही आकार दिनमा सधैँ ध्यान केन्द्रित गरेका छौँ । त्यसैले विश्वभरका उद्योगहरूले एआई प्लेटर्फमहरु अङ्गाल्न थालेको अवस्थामा यस पाठ्यक्रमले दक्ष जनशक्तिहरूको आवश्यकतालाई सम्बोधन गर्नेछ र विद्यार्थीहरूलाई चौथो औद्योगिक क्रान्तिमा नेतृत्व लिन तयार पार्नेछ।’ उनले विश्वभरि नै सबैभन्दा धेरै माग गरिएको यस बहुप्रतिक्षित विषय अध्ययन गर्न चाहनेहरूको लागि भर्ना आवेदन खुला भइसकेको पनि बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव

काठमाडौं । खेती गर्ने समयमा यो वर्ष पनि किसानले मल अभाव झेल्नुपरेको छ । बर्खे धान रोपाइँ र मकै खेतीका

हेवा खोलामा बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु

पाँचथर । पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु भएको छ। मेची राजमार्गस्थित पाँचथरको

अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा

कञ्चनपुर । बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । गर्मीका कारण शिक्षक, विद्यार्थी

म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा

म्याग्दी । मालिका गाउँपालिका–३ पात्लेमा ‘एक घर, एक धारा’ को सुविधा पुगेको छ । ६५ लाख ५७ हजार दुई सय

म्याग्दीको डाडागाउँमा ‘एक घर, एक धारा’

म्याग्दी । मालिका गाउँपालिका–३ मा एक करोड १० लाखको लागतमा निर्माण भएको डाडागाउँ बोक्रे खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनाबाट दुई

अमेरिकामा नेपाली आप्रवासीलाई दिँदै आएको टीपीएस सुविधा खारेज

एजेन्सी । अमेरिकी ट्रम्प प्रशासनले नेपाली आप्रवासीलाई दिँदै आएको टेम्पररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) सुविधा २०२५ अगस्ट ५ मा अन्त्य हुने

Techie IT