Techie IT
२०८२ असार १९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालप्रविधिमैत्री सेवा प्रवाह गर्न सशस्त्र प्रहरीलाई प्रधानमन्त्रीकाे निर्देशन

प्रविधिमैत्री सेवा प्रवाह गर्न सशस्त्र प्रहरीलाई प्रधानमन्त्रीकाे निर्देशन


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सशस्त्र प्रहरीलाई प्रविधिअनुसार आफूलाई परिचालित गर्न निर्देशन दिएका छन् । प्रविधिको बहुआयामिक प्रभावसँग साक्षात्कार भई त्यसलाई राष्ट्रियहित अनुकूल परिचालन र प्रयोगमा ल्याउन दक्ष हुनपर्ने प्रधानमन्त्रीको भनाइ छ ।

बदलिएको परिस्थितिअनुसार प्रविधिमैत्री सेवा प्रवाह, सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रणका लागि दक्ष र चनाखो हुन जरुरी रहेको प्रधानमन्त्री प्रचण्डले बताए ।

उनले सीमा सुरक्षा र व्यवस्थापनको क्षेत्रमा सशस्त्र प्रहरीले अघिसारेका कार्यक्रमले विद्यमान समस्या र चुनौतीहरू सम्बोधन गर्ने विश्वास व्यक्त गरे ।

२३औं सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रचण्डले अवकाशप्राप्त सशस्त्र प्रहरी नायव महानिरीक्षक दिलीपकुमार श्रेष्ठलाई ‘एपीएफ लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरेका थिए ।

उनले यसवर्ष उत्कृष्ट बाहिनी हुन सफल सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र शाहलाई ‘उत्कृष्ट बाहिनी अवार्ड’ प्रदान गरे ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

संविधान सभा सदस्य रामअयोध्या यादवको निधन

काठमाडौं । संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । बाराको सुवर्ण गाउँपालिका २ कवहीजगात गाउँ घर भएका यादवको ७२

Techie IT