Techie IT
२०८२ कात्तिक ४, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालसंघीय शिक्षा विधेयक संसद्बाट छिट्टै पारित हुन्छः शिक्षामन्त्री राई

संघीय शिक्षा विधेयक संसद्बाट छिट्टै पारित हुन्छः शिक्षामन्त्री राई


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले संघीय शिक्षा विधेयक संसद्बाट छिट्टै पारित हुने बताएका छन् ।

बुधबार एस ओ एस हर्मन माइनर विद्यालय सानो ठिमीमा आयोजित स्पोर्ट मिट २०२४ लाई सम्बोधन गर्दै मन्त्री राईले संघीय संसदमा प्रस्तावित विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० संसदमा छलफलको क्रममा रहेको बताए ।

मन्त्री राईले संसदमा विचाराधीन नयाँ संघीय शिक्षा विधेयक पारित भएपछि यसले सामुदायिक विद्यालयको अवस्था उन्नत र माथिल्लो स्तरमा लैजाने विश्वास ब्यक्त गरे ।

सरकारले नेपालको शिक्षा नीति २०७६ अनुसार शिक्षाको गुणस्तर वृद्धिका लागि सही ढंगले प्रयोग गर्ने अभ्यास गरेको उनले बताए ।

शिक्षा क्षेत्र स्टण्टबाजी गर्ने क्षेत्र नभएको बताउँदै उनले मन्त्रालयले दीर्घकालीन परिणाम दिने गरी काम गरिरहेको बताए ।

कार्यक्रममा भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, विद्यालयका राष्ट्रिय निर्देशक गङ्गाबहादुर गुरुङ र प्राचार्य रञ्जना बजगाँइ लगायतले विद्यालयका विविध पक्षबारे चर्चा गरेका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT