Techie IT
२०८२ असोज १, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालएनआरएनए विवाद समाधानका लागि सरकारद्वारा छानविन समिति गठन

एनआरएनए विवाद समाधानका लागि सरकारद्वारा छानविन समिति गठन


काठमाडौँ । सरकारले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी)को निर्वाचनसम्बन्धि विवाद् समाधानका लागि छानविन समिति गठन गरेको छ ।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एनआरएनए आइसीसीको निर्वाचन सम्बन्धि उजुरीमाथि छानविन गर्न सहन्यायाधिवक्ता ध्रुवकुमार चौहानको संयोजकत्वमा परराष्ट्र मन्त्रालयका सहसचिव, वरिष्ठ प्रहरी उपरीक्षक र परराष्ट्र मन्त्रालयका लेखा शाखाका उपसचिव एक जना रहने गरी छानविन समिति गठन गर्ने निर्णय गरिएको जानकारी दिएकी हुन् ।

समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गरिसक्ने कार्यादेश दिइएको छ । त्यसैगरी सरकारले धितोपत्र बजार सञ्चालन गर्ने संगठित संस्थासम्बन्धि अध्ययन गर्न नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा ४ सदस्यीय अध्ययन समिति पनि गठन गरेको छ ।

मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीसम्बन्धि विधेयकको मस्यौदा तर्जुमा गर्न पनि सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ । युवा तथा खेलकुद मन्त्रालयको प्रश्तावमा राष्ट्रिय एन्टिडोपिङ एजेन्सीको संयोजक पदमा डा। असिम भण्डारी मनोनयन गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको मन्त्री शर्माले बताइन् ।

त्यसैगरी मन्त्रिपरिषद् ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र त्यस अन्तर्गतका जनशक्ति व्यवस्थापनका लागि पूर्व स्वीकृति प्रदान गर्ने, नेपाल सरकार र कतार सरकारबीच प्रश्तावित कुटनीतिक तालिम तथा शिक्षासम्बन्धि समझदारी पत्र स्विकृत गर्ने र उक्त समझदारी पत्रमा हस्ताक्षर गर्ने अख्तियारी परराष्ट्र मन्त्रालयलाई दिने भन्ने निर्णय पनि भएको छ ।

भोटेकोशी १ जलविद्युत आयोजना विकास निर्माणको लागि भोटेकोशी गाउँपालिका, वडा नम्बर १, ३, ४ र ५ को गौरीशंकर संरक्षण क्षेत्रको ४ दशमलव २५ हेक्टर जग्गा २५ वर्षसम्म प्रयोग गर्न दिने तथा सो जग्गामा रहेका विभिन्न प्रजातिका १६ वटा रुख र पोलहरु हटाउन स्वस्कृति दिने, मनाङ मस्र्याङदी जलविद्युत आयोजनाको विकास निर्माणका लागि मनाङ जिल्लाको चामे गाउँपालिका वडा नम्बर १, २, ३ र ५ तथा नासो गाउँपालिका वडा नम्बर ८ र ९ को अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गतको राष्ट्रिय वनको ३३ दशमलव ४७ हेक्टर जग्गा २५ वर्षसम्म प्रयोग गर्न दिन र सो जग्गामा रहेका विभिन्न प्रजातिका १८३५ वटा रुख तथा पोलहरु हटाउन स्वीकृति दिने, लिपिङ खोला जलविद्युत आयोजनाको प्रशारण लाइन आयोजनाको विकास निर्माणाको लागि भोटेकोशी गाउँपालिका वडा नम्बर २, ३, ४ र ५ मा रहेको गौरीशंकर संरक्षण क्षेत्रको १४ दशमलव ८८१ हेक्टर जग्गा २५ वर्षसम्म प्रयोग गर्न दिन तथा सो जग्गामा रहेका विभिन्न प्रजातिका ४७१ वटा रुख तथा पोलहरु हटाउन स्वीकृति दिने निर्णय पनि मन्त्रीपरिषद् बैठकले गरेको मन्त्री शर्माले बताइन् ।

सरकारले अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यका लागि नेपाली महावाणिज्यदुत दीपक खड्काले पदबाट दिएको राजीनामा पनि स्वीकृत गरेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT