Techie IT
२०८२ असोज २, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालसभामुखसँग राष्ट्रसङ्घका उपमहासचिव नाकामित्सुको भेट

सभामुखसँग राष्ट्रसङ्घका उपमहासचिव नाकामित्सुको भेट


काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका उपमहासचिव एवं निःशस्त्रीकरण मामिलासम्बन्धी राष्ट्रसङ्घीय उच्च प्रतिनिधि इजुमी नाकामित्सुले बिहीबार भेट गरेकी छन् ।

भेटका अवसरमा दुवैबीच हतियार निःशस्त्रीकरणमा राष्ट्रसङ्घ तथा नेपालले गरेका प्रयास, साना र हलुका हतियारसम्बन्धी कार्ययोजना, अन्तर्राष्ट्रिय सन्धि अनुमोदनलगायत विषयमा छलफल भएको थियो ।

सो अवसरमा सभामुख घिमिरेले निःशस्त्रीकरण मामिलामा राष्ट्रसङ्घले गरेका विश्वव्यापी प्रयासको सरहना गरे ।

‘मलाई विश्वास छ कि एसिया–प्रशान्त क्षेत्रीय तयारी बैठकमा भएका छलफलले साना र हलुका हतियारसम्बन्धी कार्ययोजनासम्बन्धी चौथो समीक्षा सम्मेलनको सफलतामा ठूलो योगदान पुर्याउनेछ’, सभामुख घिमिरेले भने ‘यस प्रक्रियामा रचनात्मक योगदान गर्न नेपाल तयार छ ।’

उनले सन् १९५५ डिसेम्बर १४ मा संयुक्त राष्ट्रसङ्घको सदस्य भएदेखि नै नेपालले संयुक्त राष्ट्रसङ्घसँगको साझेदारीलाई उच्च महत्व दिँदै आएको बताए । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको हालैको नेपाल भ्रमणले संयुक्त राष्ट्रसङ्घ र नेपाल दुवैले एकअर्कालाई उच्च महत्व दिएको उनको भनाइ छ ।

सभामुख घिमिरेले नेपाल बुद्ध जन्मिएको देश भएको उल्लेख गर्दै शान्तिपूर्ण समाधान, अन्य देशको आन्तरिक मामिलामा धम्की वा बल प्रयोग नगर्ने र हस्तक्षेप नगर्ने सिद्धान्तको समर्थन गर्ने बताए ।

उपमहासचिव नाकामित्सुले नेपालको संसद्ले विस्तृत आणविक परीक्षण प्रतिबन्ध सन्धि र आणविक हतियार निषेध सन्धि अनुमोदन गर्ने विश्वास व्यक्त गरिन् ।

जवाफमा सभामुख घिमिरेले सरकारसँगको समन्वयमा सन्धि अनुमोदनबारे संसद्ले गृहकार्य गर्ने जानकारी दिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT