Techie IT
२०८२ असार ३, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपाल‘भरतपुर ब्राण्ड’ स्थापित गर्न भरतपुर भ्रमण वर्ष २०२४ को आयोजनाः रेनु दाहाल

‘भरतपुर ब्राण्ड’ स्थापित गर्न भरतपुर भ्रमण वर्ष २०२४ को आयोजनाः रेनु दाहाल


चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ‘भरतपुर ब्राण्ड’ स्थापित गर्न भरतपुर भ्रमण वर्ष २०२४ को आयोजना गरिएको बताइन् । होटल व्यवसायीसँग सोमबार भरतपुर भ्रमण वर्ष २०२४ को विषयमा आयोजना गरिएको छलफलमा प्रमुख दाहालले भरतपुरलाई पर्यटकीय गन्तव्यका रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा स्थापित गर्न भ्रमण वर्ष आयोजना गरिएको स्पष्ट पारिन् ।

‘भरतपुरमा अहिले पनि पर्यटक आईरहनु भएको छ, उनले भनिन्, ‘भरतपुरलाई विश्वसामु चिनाउन उत्सवको रुपमा यो कार्यक्रम गर्न लागिएको हो । भरतपुर नेपालको प्रमुख पर्यटकीय गन्तव्य हो भनी विश्वलाई सन्देश दिने कार्य हुदैछ ।’

यसका लागि महानगरपालिकाले भ्रमण वर्षको एप, ब्रुसर, स्टिकर,बुकलेट, भिडियो सामाग्री, विभिन्न स्थानमा म्याप बोर्ड राख्ने तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशिष्ठ व्यक्तित्व, संघ, संस्था, व्यवसायीलाई निम्तो बाड्ने काम गरिसकेको छ ।

भरतपुर भ्रमण वर्षका लागि निर्माण भएका पर्यटकीय पूर्वाधारले भरतपुरवासीलाई प्रत्यक्ष, अप्रत्यक्ष लाभ पुग्ने प्रमुख दाहालले बताइन् ।

भ्रमण वर्षका लागि भरतपुर ६ देव नगरमा निर्माण गरिएको ‘ओपन जु’ सन् २०२४ मा मात्र नभई सधैका लागि प्रत्यक्ष रुपमा बाघ हेर्ने स्थल हुने उनको भनाइ छ । ऐतिहासिक दियालो बंगला भ्रमण वर्षपछि पनि सधै खुला रहने भएकाले यो भरतपुरको उत्कृष्ट पर्यटकीय गन्तव्य हुन सक्ने प्रमुख दाहालले बताइन् ।

महानगरपालिकाको अथक मिहिनेतपछि यो दुई महत्वपूर्ण पर्यटकीय गन्तव्यहरु निर्माण र खुला गर्न सकिएको प्रमुख दाहालले जानकारी दिइन् ।

दियालो बंगलाको स्तर उन्नतीको लागि ठेक्का आह्वान भई सकेको र भ्रमण वर्षको १० दिन अगाडि पछाडि खुला हुने गरी काम अघि बढेको उनले बताइन् ।

भरतपुरमा जीप सफारी, जङ्गल सफारी ,डुङ्गा सफारी, प्याराग्लाडिङ, मौलाकालिका केवलकारजस्ता धेरै पर्यटकीय गतिविधि गर्न सकिने भएकाले भरतपुर नेपालको प्रम्ुख पर्यटकीय गन्तव्य बन्ने दिशामा अगाडि बढेको उनले बताइन् ।

भ्रमण वर्षको अवधिमा भरतपुरमा धेरै वटा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय कार्यक्रमहरु आयोजना हुदाँ ठुलो संख्यामा पर्यटक यहाँ आउने भएकाले पहुनालाई उत्कृष्ट सत्कार गर्न होटल व्यवसायीको भूमिका महत्वपूर्ण हुने प्रमुख दाहालले बताइन् ।

भ्रमण वर्षको एक वर्षको अवधिमा यहाँ आउने पाहुनालाई विषेश छुटसहितको प्याकेज घोषणा गर्न प्रमुख दाहालले अनुरोध गरिन् । यसको निर्यक्यौल छिटो दिएको खण्डमा अहिलेबाटै प्रचारप्रसार गर्न सजिलो हुने धाराणा राखिन् ।

सबैको सहयोगबाट मात्रै भ्रमण वर्ष सफल हुने भन्दै प्रमुख दाहालले भरतपुरले भ्रमण वर्ष आयोजना गरेको भएपनि सम्पूर्ण निजी क्षेत्रका व्यवसायी, चितवनवासी, जिल्लाका सम्पूर्ण पालिकाको रहेको स्पष्ट पारिन् ।

कार्यक्रममा होटल व्यवसायीहरुले भ्रमण वर्षको अवसरमा विषेश प्याकेज ल्याउन सकारात्मक रहेको बताए । उनीहरुले अहिले १५ प्रतिशत छुटको व्यवस्था रहेको भएपनि भ्रमण वर्षलाई लक्ष्ति गरी विषेश अफर ल्याउने उल्लेख गरे ।
भरतपुर भ्रमण वर्षमा धेरै भन्दा धेरै पर्यटक भरतपुर ल्याउन नेपालका ट्राभल ऐजेन्सीसँग अबको केही दिनमै छलफल गर्ने महानगरपालिकाको तयारी छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव

काठमाडौं । खेती गर्ने समयमा यो वर्ष पनि किसानले मल अभाव झेल्नुपरेको छ । बर्खे धान रोपाइँ र मकै खेतीका

हेवा खोलामा बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु

पाँचथर । पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु भएको छ। मेची राजमार्गस्थित पाँचथरको

अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा

कञ्चनपुर । बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । गर्मीका कारण शिक्षक, विद्यार्थी

म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा

म्याग्दी । मालिका गाउँपालिका–३ पात्लेमा ‘एक घर, एक धारा’ को सुविधा पुगेको छ । ६५ लाख ५७ हजार दुई सय

म्याग्दीको डाडागाउँमा ‘एक घर, एक धारा’

म्याग्दी । मालिका गाउँपालिका–३ मा एक करोड १० लाखको लागतमा निर्माण भएको डाडागाउँ बोक्रे खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनाबाट दुई

अमेरिकामा नेपाली आप्रवासीलाई दिँदै आएको टीपीएस सुविधा खारेज

एजेन्सी । अमेरिकी ट्रम्प प्रशासनले नेपाली आप्रवासीलाई दिँदै आएको टेम्पररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) सुविधा २०२५ अगस्ट ५ मा अन्त्य हुने

Techie IT