Techie IT
२०८२ भदौ ३१, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालमधेश विकास सम्मेलन पाँच बुँदे जनकपुरधाम प्रतिबद्धतासहित सम्पन्न

मधेश विकास सम्मेलन पाँच बुँदे जनकपुरधाम प्रतिबद्धतासहित सम्पन्न


जनकपुरधाम । जनकपुरधाममा आज सम्पन्न भएको मधेश विकास सम्मेलन २०८० ले पाँच बुँदाको जनकपुरधाम प्रतिबद्धता पत्र पारित गर्दै सम्पन्न भएको छ ।

मधेश प्रदेश सभाका अर्थ तथा योजना समितिको आयोजनामा भएको मधेश विकास सम्मेलनले नेपालको संविधानले तय गरेको सङ्घीयताको अवधारणा अनुरुप मधेश प्रदेश सरकारको प्राथमिकताहरूलाई तीनै तहका सरकारबाट पहिचान र कार्यान्वयनका लागि आवश्यक सहजीकरण गर्नका लागि अनुरोध गर्दै प्रदेश तथा स्थानीय तहको क्षमता विकास लक्षित वर्गमा विकासको पहुँच पुर्‍याउन नीतिगत समन्वय र सहकार्य गरिने उल्लेख रहेको छ ।

यसका साथै दिगो विकासको लक्ष्य प्राप्तिका लागि नेपाल सरकारले राष्ट्रिय स्तरमा गरेको प्रतिबद्धता पुरा गर्नका लागि मधेश प्रदेश सभा, मधेश सरकार तथा मधेश प्रदेशका नीति तथा योजना आयोगले लिएको लक्ष्य तथा नीतिगत विषयहरूको कार्यान्वयनका लागि संयुक्त राष्ट्रसङ्घीय निकाय, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले सहकार्य समन्वय गरेर काम गर्ने प्रतिबद्धता पत्रमा उल्लेख रहेको छ ।

प्रतिबद्धताका अन्य बुँदामा प्रदेश नीति तथा योजना आयोगले विकास साझेदारसँग योजना निर्माण, कार्यान्वयन, संयुक्त अनुगम, वार्षिक कार्यप्रगति समीक्षा, विकास साझेदारको डाटाबेस निर्माण गरी विकास साझेदारको विज्ञता अनुरुप नव प्रवर्तन असल अभ्यास, अनुभवलाई मधेश प्रदेशको विकासको नीति कार्यक्रम र बजेटको मूल प्रवाहीकरण गर्ने उल्लेख छ ।

यसका साथै मधेश प्रदेशमा कार्यरत संयुक्त राष्ट्र संघीय निकाय, द्विपक्षीय निकाय अन्तर्राष्ट्रिय तथा स्थानीय विकास साझेदारहरूलाई प्रदेशको प्राथमिकता र लक्ष्य हाँसिल गर्न जबाफदेही, पारदर्शीताका मापदण्ड पुरा गरी काम गर्न उपयुक्त वातावरण तयार गरिने मधेश विकास सम्मेलनको प्रतिबद्धता पत्रमा उल्लेख रहेको छ ।

दिगो विकासका लक्ष्य हासिल गर्नका लागि मानवीय, आर्थिक, प्राविधिक र भौतिक श्रोतमा कमी रहेकाले प्रदेश सरकार र विकास साझेदारहरूले थप श्रोतको पहिचान पहुँच र परिचालन गर्ने विकास सम्मेलनले जारी गरेको जनकपुरधाम प्रतिबद्धता पत्रमा उल्लेख रहेको छ ।

यस अघि विकास सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले मधेश प्रदेशको समृद्धि र विकास विना समग्र देशको विकासका सूचकाङ्कमा सुधार नहुने भएकाले इमानदार सहमति र सहकार्य आवश्यक भएको बताए । उनले नेपालको विकास नहुनुमा व्यक्तिगत विकासको आकाङ्क्षा अधिक रहनु र सामाजिक विकास तर्फ ध्यान नदिनु नै प्रमुख कारणको रुपमा रहेको बताए ।

मधेश प्रदेशका अर्थमन्त्री संजय कुमार यादवले विश्वमा विकासका लागि प्रदेशको आर्थिक श्रोतको व्यवस्थापन केन्द्रले प्रदेशको आर्थिक, सामाजिक, अन्य सूचकाङ्क तथा जनसङ्ख्यालाई आधार बनाएर गरे पनि नेपालमा भने त्यसो नभएको बताए ।

उनले मधेश प्रदेश सरकारले स्पष्ट कार्ययोजना सहित काम गर्न चाहेको बताउँदै श्रोतको अभाव हुने अवस्था भएको सरकारले चाहेर पनि गर्न नसकेको बताउँदै प्रदेश सरकारले चाडै लगानी सम्मेलन गर्ने तयारी गरेको बताए ।

मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री सुरिता कुमारी साहले मधेश प्रदेश सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले गरिरहेको कामलाई थप प्रभावकारी बनाउनका लागि एकद्वार प्रणालीमा काम गर्ने गरि नीति बनाउन लागेको बताए ।

मधेश प्रदेश सभाका अर्थ तथा योजना समितिका सभापति सतिश कुमार सिंहको अध्यक्षतामा भएको कार्यक्रममा कृषि समितिका सभापति संजय कुमार महतो, यूएन एजेन्सीहरूको तर्फबाट डा. नरेन्द्र कुमार मिश्र, अन्तर्राष्ट्रिय गैर(सरकारी संस्थाको तर्फबाट भगवान् श्रेष्ठले प्रस्तुति गरेका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालय

काठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै

Techie IT