Techie IT
२०८० फागुन २०, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपाल‘ललितपुर महानगरपालिका एलर्ट मोबाइल एप’ शुरु, २१ विषयमा ‘एलर्ट’ गर्न सकिने

‘ललितपुर महानगरपालिका एलर्ट मोबाइल एप’ शुरु, २१ विषयमा ‘एलर्ट’ गर्न सकिने


ललितपुर । ललितपुर महानगरपालिकाले ‘ललितपुर महानगरपालिका एलर्ट मोबाइल एप’ शुरु गरेको छ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले बिहीबार एक कार्यक्रमकाबीच एपको शुभारम्भ गरेका हुन् ।

ललितपुर नगर प्रहरीलाई चनाखो राख्न तथा गुनासो पठाउनका लागि एप बनाएको महानगरले जनाएको छ । यस एपमार्फत २१ प्रकारका गुनासो पठाउन सकिने छ । महानगर क्षेत्रभित्र कुनै पनि समस्या, विपत्ति वा गुनासो भएमा एपमार्फत आफ्नो सन्देश नगर प्रहरीको कन्ट्रोल रुमसम्म पठाउन सकिनेछ । इन्टरनेट सुविधा नभएको अवस्थामा अफलाइन मोडमा पनि गुनासो पठाउन सकिने प्रबन्ध गरिएको छ । गुनासो पठाउँदा पठाउने व्यक्तिको सम्पर्क नम्बर गोप्य राख्ने सुविधा पनि एपमा समावेश गरिएको महानगरले जनाएको छ ।

‘एलर्ट’ मा दमकल सेवा, एम्बुलेन्स सेवा, ढल निकास, शव वाहन, फोहोरमैला, अनधिकृत पार्किङसँग सम्बन्धित गुनासो राख्न सकिन्छ । त्यस्तै विना स्वीकृति संरचना, लैङ्गिक हिंसा, शैक्षिक संस्थामा हुने समस्या, सम्पदा संरक्षण, बोटबिरुवा क्षति, फुटपाथ, सडक बत्ती, अनधिकृत विज्ञापन र सडक खनेको विषयमा पनि गुनासो राख्ने व्यवस्था गरिएको छ । त्यसैगरी विपद्, सडक मानव, कालोबजारी, सार्वजनिक जग्गा अतिक्रमण, बाढी र पहिरो तथा छाडा गाईवस्तु गरी २१ वटा विषयमा ‘एलर्ट’ गर्न सकिने महानगरपालिकाले जनाएको छ ।

मेयर महर्जनले एपले राम्रोसँग सेवा प्रवाह गर्ने विश्वास व्यक्त गरे । काम गर्दै जाँदा सेवा प्रवाहमा ढिलासुस्ती भएमा सुधार गर्दै समयमै सम्बोधन गर्ने पनि उनले बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भीपीएन प्रयोग गरेर नाबालिगको फोटोमा जथाभावी पोष्ट गर्ने एक जना…

काठमाडौँ । आफ्नो परिचय लुकाउन भर्चुअल प्राइभेट नेटवर्क भीपीएन प्रयोग गरेर फेक आईडी बनाएर नाबालिगलाई हैरानी दिएको आरोपमा एक जना

हिमपातले नाग्म-गमगढी सडक अवरुद्ध

मुगु । लगातारको हिमपातले कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडक खण्ड अवरुद्ध भएको छ । एक हप्ताअघि यो खण्डमा जमेको हिउँ सडक

राष्ट्रिय गौरवका आयोजनाको लागत बढे आयोजना प्रमुखहरू जिम्मेवार हुने प्रधानमन्त्रीको…

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगतिबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग छलफल गरेका छन् । आइतबार

शालिन पोस्टमार्टममा बलात्कार भएको देखिएन

काठमाडौँ । चितवनको शिशु निकेतन विद्यालयभित्र मृत भेटिएकी शालिन पोखरेलको बलात्कार नभएको देखिएको छ । त्रिवि शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टममा

जनकपुरमा स्कुल बसले ठक्कर दिँदा एक महिलाको मृत्यु, ६ घाइते

जनकपुरधाम । जनकपुरमा स्कूल बसले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । जनकपुर

प्रधानमन्त्री प्रचण्ड र रास्वपा सभापतिबीच भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेट भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा

Techie IT