Techie IT
२०८२ असोज २, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालयो सरकार असफल भइसक्यो, अब माधव नेपाललाई प्रधानमन्त्री बनाऔँः शशांक कोइराला

यो सरकार असफल भइसक्यो, अब माधव नेपाललाई प्रधानमन्त्री बनाऔँः शशांक कोइराला


भरतपुर । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल सरकार सञ्चालनमा असफल भइसकेको दाबी गर्दै अब माधव नेपाललाई प्रधानमन्त्री बनाउनुपर्ने बताएका छन् ।

‘प्रधानमन्त्री आफैं सरकारको कामकारबाहीबाट सन्तुष्ट हुनुहुन्न,’ उनले भने,’त्यो भनेको प्रचण्डको सरकार असफल छ भन्ने हो । अब ढिला नगरी पूर्व सहमतिअनुसार माधव नेपाललाई प्रधानमन्त्री बनाउनु पर्छ ।’

कावासोतीमा बिहीबार नेत्रप्रसाद भूसालको स्मृतिमा नेपाल प्रेस यूनियनद्धारा स्थापित पुरस्कार घोषणा कार्यक्रममा सञ्चारकर्मीहरूसँग कोइरालाले सरकार सञ्चालन गर्न दुरगामी दृष्टिकोण र आर्थिक पक्ष महत्वपूर्ण हुने कोइरालाले बताए ।

‘यी दुवै कुरामा प्रचण्ड असफल हुनु भएको छु, कोइरालाले भने,’ अब ढिला नगरी दलहरुको पूर्व सहमतिअनुसार नेपाललाई प्रधानमन्त्री बताउनुपर्छ ।’

माधव नेपालपछि शेरबहादुर प्रधानमन्त्री हुने उनले सुनाए । ‘यो सहमतिको सरकार हो । सबैले पूर्व सहमति पालन गर्नुपर्छ भन्ने लाग्छु कोइरालाले भने ।

कोइरालाले कांग्रेसको फागुन पहिलो साता काठमाडौंमा हुने महासमितिको भेलामा हिन्दु राष्ट्र र संघीयताको विषय उठाउने जानकारी दिए । संविधानमा संघीयता लेखिएपनि व्यवहारमा केन्द्रले नै शासन भइरहेकाले यो विषय कांग्रेस महासमिति भेलामा एजेण्डासहित छलफल हुने कोइरालाले बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT