Techie IT
२०८१ साउन १०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपाल‘छलफलको निचोडका आधारमा विधेयक प्रस्तुत गर्नुपर्छ’

‘छलफलको निचोडका आधारमा विधेयक प्रस्तुत गर्नुपर्छ’


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सांसदहरूको संशोधन प्रस्ताव, राष्ट्रियसभाबाट प्राप्त प्रतिवेदन र समितिमा भइरहेका छलफलको मर्मका आधारमा विधेयक अघि बढाइनुपर्ने आवश्यकतामा जोड दिएकी छन् ।

प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सुरक्षण मुद्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा उनले विधेयकमा बैङ्क नोट छपाइसम्बन्धी स्पष्ट परिभाषा समेट्न उपयुक्त हुने बताइन् ।

सङ्घीयतासम्बन्धी विषयमा संविधानले प्रदेशका अधिकार भनेर तोकिदिएका सवारी चालक अनुमति पत्रलगायत मुद्रणसम्बन्धी विषय यसमा परेको छ भने त्यसलाई हटाउन पर्ने बताउँदै मन्त्री शर्माले सुरक्षण मुद्रणको परिभाषामा समेटिएका विषयमा गहन छलफल गरी अघि बढ्न उपयुक्त हुने बताइन् ।

मन्त्री शर्माले ‘एटिएम’ र ‘रिचार्ड कार्ड’ भने बैङ्क तथा दूरसञ्चार सेवा प्रदायक कम्पनीले जारी गर्नसक्ने भएकाले त्यो सुरक्षण मुद्रणमा नसमेटिन सक्छ भनिन् ।

त्यसअघि बैठकमा सांसद देवेन्द्र पौडेलले प्रदेशका अधिकार भित्र पर्ने सबै विषय केन्द्रमै रहने गरी कानुन बनाउँदा सङ्घीय लोकतान्त्रिक प्रणालीको औचित्यमाथि प्रश्न उठ्नेतर्फ ध्यान दिन सुझाव दिइन् ।

समितिका अर्का सदस्य डा. चन्द्र भण्डारीले भने कतिपय विषय प्रदेशको अधिकार क्षेत्रभित्र पर्ने भएता पनि तत्कालको आवश्यकता र स्रोत साधनको कमीलाई दृष्टिगत गरी चाँडो सेवा प्रवाह गर्नेतर्फ ध्यान दिनुपर्ने बताए ।

संसद् सदस्य छविलाल विश्वकर्माले संविधानको मर्मलाई सम्बोधन गर्ने कानुन आवश्यक भएकाले प्रस्तुत विधेयकले त्यो भावनालाई सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

सांसद सुमना श्रेष्ठ र डा. तोसिमा कार्कीले नागरिकता प्रमाणपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र, ज्येष्ठ नागरिक परिचयपत्र, विपन्नता परिचयपत्र, रक्त समूहको परिचय, अपाङ्गता परिचयपत्र, मतदाता परिचयपत्र लगायत सबै विषय राष्ट्रिय परिचयपत्रमा समावेश गर्न माग गरे ।

सरकारले संविधानबमोजिम सङ्घको एकल अधिकार क्षेत्रभित्र रहेको सुरक्षित छापाखाना स्थापना गर्न तीन वर्ष अघि उक्त विधेयक सदनमा दर्ता गरेको थियो । सुरक्षण मुद्रण देशभित्र नै गर्न सुरक्षित मुद्रण केन्द्र स्थापना गर्ने सोचअनुरूप सरकारले विधेयक दर्ता गरेको हो । सुरक्षण मुद्रण केन्द्र सञ्चालन विधि पनि विधेयकमा समावेश गरिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दोलखाको भीमेश्वर मन्दिरमा राष्ट्रपतिको क्षमा पूजा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट दोलखाको भीमेश्वर मन्दिरमा क्षमा पूजा गरिएको छ । राष्ट्रपति पौडेलले संकल्प गरी पठाएको सामग्रीबाट

मौद्रिक नीतिः वैदेशिक रोजगारमा जानेलाई बिनाधितो ऋण उपलब्ध गराइने

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारमा जानेहरुका लागि बिनाधितो कर्जा उपलब्ध गराउने

मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति

संक्रमणकालीन न्यायको विषयमा कार्यदल सहमति नजिक

काठमाडौँ । संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा सहमति जुटाउन गठित कार्यदलको बैठक सकिएको छ । शुक्रबार सिंहदरबारस्थित गृह मन्त्रालयमा सम्पन्न

कोसीमा माओवादीका मन्त्रीले आज राजीनामा दिने

विराटनगर । कोसी प्रदेशमा नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले सरकार छाड्ने भएका छन् । उनीहरूले शुक्रबार अपराह्नसम्म मुख्यमन्त्री हिक्मत कार्कीसमक्ष राजीनामा

मौद्रिक नीति सवा १२ बजे सार्वजनिक हुने

काठमाडौँ । नेपाल राष्ट्र बैंक सञ्चालक समितिले आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीति पारित गरेको छ । शुक्रबार बिहान बसेको

Techie IT