Techie IT
२०८२ असार २७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालकोशीमा सरकार विस्तार गर्दै मुख्यमन्त्री कार्की

कोशीमा सरकार विस्तार गर्दै मुख्यमन्त्री कार्की


काठमाडौँ । कोशी प्रदेशका सत्तारुढ दलहरूका बिचमा मन्त्रालय बाँडफाँडका विषयमा कुरा मिलेको छ । सत्ता गठबन्धन भित्र मन्त्रिपरिषद् विस्तारका विषयलाई लिएर खटपट बढेपछि मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।

आज नै मन्त्रिपरिषद्को विस्तारको तयारी भए पनि नेपाली काङ्ग्रेसका नेता तथा पूर्व मन्त्री केशव कुमार बुढाथोकीको मृत्यु भएका कारण आजलाई मन्त्री परिषद् विस्तार रोकिएको मुख्यमन्त्री कार्की निकट स्रोतले जानकारी दियो ।

मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार माओवादीलाई २ वटा र काङ्ग्रेसले २ वटा मन्त्रालय पाउने गरि सहमति भएको थियो । यस अघि माओवादीलाई एउटा मात्रै मन्त्रालय दिने अडानमा रहेका मुख्यमन्त्री कार्की राष्ट्रियसभाको चुनावमा माओवादीका उम्मेदवार पराजित भएपछि २ वटा मन्त्रालय दिने अवस्थामा पुगेका हुन् ।

अब विस्तार हुने मन्त्रिपरिषद्मा काङ्ग्रेसबाट ओखलढुङ्गाका प्रदीप सुनुवार र उदयपुरका रामकुमार खत्री मन्त्री बन्ने भएका छन् । सुनुवार शेरबहादुर देउवा समूह र खत्री शेखर कोइराला समूहका हुन् ।

यस्तै माओवादीबाट सङ्खुवासभाका राजेन्द्र कार्की र उदयपुरका नारायण बुर्जा मगर मन्त्री बन्ने भएका छन् । कार्की यसअघि उद्धव थापा नेतृत्वको सरकारमा विना विभागीय मन्त्री थिए ।

गत असोज २७ गते नेकपा एमालेको सहयोगमा मुख्यमन्त्री बनेका कार्कीले यसअघि तीन जनालाई मात्रै मन्त्री बनाएका थिए । उनले बाँकी मन्त्रालय आफैसँग राखेका थिए ।

कार्कीले यसअघि नेपाली काँग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीबाट एक एक जनालाई मन्त्री बनाएका थिए ।

अहिले कोशी प्रदेशमा काँग्रेसका शमशेर राई, आन्तरिक मामिला तथा कानु नमन्त्री, माओवादीका गणेश उप्रेती पर्यटन, वन तथा वातावरण मन्त्री र नेकपा एका कमल जबेगु भौतिक पूर्वाधार मन्त्री बनाएका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मोरङबाट ८०२ किलो गाँजा बरामद

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–१ स्थित उखु घारीबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय रंगेली,

म्याग्दीको धवलागिरिमा थुनिएको म्याग्दी नदी पुरानैलयमा बग्न थाल्यो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–४ बाँसबोटको भीरबाट खसेको पहिरोले हिजो दिउँसो थुनिएको म्याग्दी नदी पुरानैलयमा बग्न थालेको छ । धवलागिरि

रोल्पा थबाङका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कविहीन

काठमाडाैँ । रोल्पाको थबाङका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कविहीन भएका छन् । थबाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढा मगरका

अब स्वास्थ्य बीमामार्फत बिरामीले २ लाख सुविधा पाउने स्वास्थ्य मन्त्री…

काठमाडौँ । स्वास्थ्य बीमा कार्यक्रममा आवद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताएका

रसुवा बाढीमा बेपत्ताको खोजी र उद्धारलाई प्रभावकारी बनाउन निर्देशन

काठमाडाैँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठकले रसुवाको बाढीमा बेपत्ताको खोज–उद्धार कार्यलाई निरन्तरतासहित थप प्रभावकारी बनाउन सम्बन्धित

सहमति जुटेपछि चिकित्सक सङ्घको आन्दोलन स्थगित

काठमाडाैँ । सरकार र आन्दोलनरत नेपाल चिकित्सक सङ्घबीच सहमति जुटेको छ । आन्दोलनरत चिकित्सक र सरकारबीच हिजो बेलुका तीन बुँदे

Techie IT