Techie IT
२०८२ जेठ ३, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालयी हुन् त्रिवि उपकुलपतिको लागि ‘सर्टलिस्ट’मा परेका १४ उम्मेदवार

यी हुन् त्रिवि उपकुलपतिको लागि ‘सर्टलिस्ट’मा परेका १४ उम्मेदवार


काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा सिफारिस भएका १४ जना उम्मेदरवारको सर्टलिस्ट सार्वजनिक भएको छ।प्रस्तुतिकरण र अन्तर्वार्ताको लागि छनोट भएका १४ उम्मेदवारको बर्णानुक्रमअनुसारको अल्पसूची सार्वजनिक भएको हो।

त्रिवि उपकुलपति नियुक्तिका लागि नाम सिफारिस समितिले बिहीबार १४ जना उम्मेदवारको अल्पसूची सार्वजनिक गरेको छ।

पहिलोपटक त्रिविले खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्तिको तयारी अघि बढाएको छ। खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्तिको लागि त्रिविले गएकाे पुस २३ गते दरखास्त आह्वान गरेको थियो।

साे आह्वानअनुसार त्रिवि उपकुलपति पदका लागि ४३ जनाको आवेदन परेको थियो। ४३ आवेदकमध्येबाट १४ जनाको नाम सर्टलिस्टमा परेको हो।

कुशुम शाक्य, केशरजंग बराल, गोविन्द सुवेदी, चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्रप्रसाद पौडेल, टंकनाथ धमला, तीर्थराज खनियाँ, नारायणप्रसाद बेलबासे, प्रकाश घिमिरे, भेजराज अर्याल, महेन्द्रप्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भूसाल र सूर्यबहादुर थापा सर्टलिस्टमा परेका हुन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मानसिक स्वास्थ्य समस्या सम्बोधन गर्न जनशक्ति थप्ने तयारी: स्वास्थ्य मन्त्री…

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मानसिक स्वास्थ्यका समस्या समाधानमा क्रियाशिल संघ संस्थाहरुबीच काममा दोहोरोपना हटाउन तथा सहकार्य बढाउन पहल

चितवनकाे रत्ननगरमा बस दुर्घटना हुँदा १५ जना घाइते

चितवन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रत्ननगर नगरपालिका–१० मा यात्रीवाहक बस डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

चिनियाँ नेता सियाओ जी काठमाडौंमा

काठमाडौं । चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी नेपाल भ्रमणमा काठमाडौं आइपुगेका छन् । उनी सगरमाथा संवादमा

सतुङ्गलको कपडा पसलमा आगलागी

काठमाडौं । चन्द्रागिरि नगरपालिका –११ सतुङ्गल चोकस्थित एक कपडा पसलमा विद्युत् सर्ट भएर आगो लागेको छ । आज बिहान करिब

ग्यास चुहिएर मखनटोलमा आगलागी, १ जनाको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–२४ मखनटोलमा ग्यास चुहिएर आगलागी हुँदा १ जना महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका

मनसुनको पूर्वतयारी तथा प्रतिकार्यका लागि राष्ट्रिय कार्ययोजना निर्माण गरिँदै

काठमाडाैँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनको पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ निर्माण गर्दैछ । मौसम

Techie IT