Techie IT
२०८२ कात्तिक ४, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालब्रिटिस कलेजका विद्यार्थीद्वारा भारतमा भएको उद्यमशीलता सम्मेलनमा उत्कृष्ट नतिजा हासिल

ब्रिटिस कलेजका विद्यार्थीद्वारा भारतमा भएको उद्यमशीलता सम्मेलनमा उत्कृष्ट नतिजा हासिल


काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)का विद्यार्थीहरुले भारतमा भएको ‘राष्ट्रिय उद्यमशीलता सम्मेलन (एनईसी) २.०’ मा उत्कृष्ट नतिजा हासिल गरेका छन् । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको टीबीसीमा अध्ययनरत दुई विद्यार्थीहरु तरुण अग्रवाल र सचेत रोयले एनईसी २.० मा उत्कृष्ट स्थान हासिल गरेका हुन् ।

गत जनावरी २६ देखि २८ सम्म भारतको केरेलास्थित पालक्कडमा लिड कलेज अफ म्यानेजमेन्टद्वारा आयोजित ‘व्यवसाय योजना प्रतियोगिता र मेगा पिच फेस्टिभल’ मा नेपाली विद्यार्थीहरुले उत्कृष्ट स्थान हासिल गरेका हुन् ।

प्रतियोगितामा १५० वटा टिमको सहभागिता रहेको थियो । टीबीसीका विद्यार्थीहरु प्रविधि क्षेत्रको स्टार्टअपमा शीर्ष पाँच भित्र परेका हुन् भने आईडियसनको चरणको योजनाहरुमा पहिलो स्थान हासिल गरे । यो असाधारण उपलब्धिसँगै सहभागी विद्यार्थीहरुले प्रमाणपत्र तथा प्रतिष्ठित पुरस्कार प्राप्त गरेका छन् ।

सफलतापछि प्रतिक्रिया दिँदै सहभागी विद्यार्थी अग्रवालले भने, ‘प्रतियोगितामा अवधारणा प्रदर्शन गर्न हामीले विजेनेश र कम्प्युटिङका सहपाठीहरु सँगै काम गर्ने मौका पायौँ । यसको लागि टीबीसी इक्युबेशन सेन्टरका प्रमुख सुबोध रुपाखेती सरले अमूल्य सहयोग प्रदान गर्नुभयो । उहाँको सहयोगले हामीले ग्लोबल प्रतिस्पर्धामा राम्रो स्थान हासिल गर्यौँ ।’

प्रतिस्पर्धासँगै विद्यार्थीहरुले उद्योगपतिहरु, आफू सरहका उद्यमी लगायतसँग छलफल गर्ने, नेटवर्किङ विस्तार गर्ने तथा विभिन्न स्थानहरुको भ्रमण गर्ने अवसर समेत प्राप्त गरे ।

विद्यार्थीहरुको उपलब्धिमा बधाई ज्ञापन गर्दै टीबीसी इन्क्युबेशन सेन्टर प्रमुख रुपाखेतीले भने, ‘उद्यमशिलताको भविष्यलाई आकार दिने हाम्रो सङ्कल्पलाई एनईसी २.० मा पाएको उपलब्धिले थप पुष्टि गरेको छ । यसबाट हामी निकै हर्षित छौं । लिड कलेजसँगको सहकार्य हाम्रो लागि महत्वपूर्ण कोसेढुङ्गाको सावित भएको छ किनकि यसले अन्तरदेशीय ज्ञानको आदानप्रदान सँगै बलियो उद्यमशीलताको इकोसिस्टममा नयाँ ढोकाहरु खोल्न सघाउ पुर्याएको छ ।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT