Techie IT
२०८२ असोज २४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालजग्गा, गाडी र गहना कारोबार गर्ने भन्दै झुक्याएर ठग्ने ४ जना पक्राउ

जग्गा, गाडी र गहना कारोबार गर्ने भन्दै झुक्याएर ठग्ने ४ जना पक्राउ


काठमाडौँ । सुनका गहना, गाडी र जग्गा कारोबार गर्ने भन्दै विश्वासमा पार्दै ठगेर भाग्ने ४ जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ ।

उनीहरूले समूह बनाई सुनका गरगहना, गाडी र जग्गाको कारोबार देखाई विश्वासमा पार्ने र ठगी गरेको पाइएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार उनीहरुले करिब ७ करोड रुपैयाँ ठगेका छन् ।

काभ्रेको भुम्लु गाउँपालिका– ३ का कुमार थापा, स्याङ्जाको पुतलीबजार नगरपालिका– ४ की मीना दमै, सिन्धुलीको गोलन्जोर गाउँपालिका– ५ का रविन कुमार थापा र सप्तरीको सप्तकोशी नगरपालिका– ६ का दिलिप कुमार लाभलाई पक्राउ गरेको हो ।

काभ्रेका कुमार थापाले सुनका गरगहना विदेशमा निर्यात गर्दैछौं भनेर पोखराका एक सुनचाँदी व्यवसायीसँग पहिलो पटक १० लाख, दोस्रो पटक २० लाख र तेस्रो पटक ३० लाखको गहना खरिद गरेका थिए । यसरी ठूलो मात्रामा सुन खरिद गरेर विश्वासमा पारेपछि १ करोड ८० लाख रुपैयाँको गहना बाहिर निर्यात गर्ने भनी लिएर फरार भएका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

त्यस्तै दिलिपकुमार लाभले भक्तपुरको सुडालमा अरुको नाममा रहेको १२ आना जग्गा दिलाइदिने भनी परिवार अटो मोवाइलका सञ्चालकसँग ३ वटा गाडी र २६ लाख रुपैयाँ लिई भागेको पाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । परिवार अटोमोवाइल प्रालिबाट लिएको गाडी ५४ लाख ५० हजार मूल्य तय गरी लिएकामा रकम नतिरी भागेका थिए ।

यो समूहले चितवनमा पनि अरु व्यवसायीको जग्गा बैना गरी १ करोड ३६ लाख ठगी गरेको पाइएको थियो । मीना दमैविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा ७ वटा ठगी मुद्दा र चितवनमा २ वटा ठगी मुद्दा दर्ता भएको छ ।

कुमार थापाविरुद्ध भने कास्कीमा २ करोड बैंकिङ कसुरको मुद्दा दर्ता भएको पाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । कुमार थापाले धेरै कारोबार मीना दमैको नामबाट गर्ने गरेको पाइएको छ । उनले महिलाको नाममा कारोबार गर्दा विश्वासमा पार्न सजिलो हुने भएकाले त्यो उपाय लगाएको देखिएको प्रहरी उपरीक्षक रेग्मीले बताए ।

रविनकुमार थापाविरुद्ध चितवनमा ४ वटा र काठमाडौँमा ३ वटा मुद्दा दर्ता भएको पाइएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT