Techie IT
२०८२ साउन ३, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालशैक्षिक संस्थाले आफ्नै माटोको माया गर्ने जनशक्ती उत्पादन गर्नुपर्छः मुख्यमन्त्री पाण्डे

शैक्षिक संस्थाले आफ्नै माटोको माया गर्ने जनशक्ती उत्पादन गर्नुपर्छः मुख्यमन्त्री पाण्डे


बागलुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफ्नै माटोको माया गर्ने जनशक्ती बनाउने शिक्षा आजको आवस्यकता भएको बताएका छन् । गलकोट बहुमुखी क्याम्पसको शैक्षिक विकास र संकाय थप गर्ने लक्षले आइतबारदेखि श्रीमदभागवत शैक्षिक ज्ञान महायज्ञको शुभारम्भ गर्दै मुख्यमन्त्री पाण्डेले भनें, ‘अबका शैक्षिक संस्था र शिक्षकले आफ्नै माटोको माया गर्ने जनशक्ती उत्पादन गर्नुपर्छ ।’

पाण्डेले भौतिक पूर्वाधार निर्माणमा स्थानीय र प्रदेश सरकारले साथ दिने भन्दै नैतिक शिक्षा र राष्ट्रभक्ति सिकाउने काम समाजको भएको बताए । ‘विकास निर्माणमा त सरकारले साथ दिन्छ, तर युवा पलायन रोक्ने काम समाजको हो’ पाण्डेले भनें, ‘उत्पादन, बजार र रोजगारीमा युवा जोडिनुपर्छ ।’

गलकोट बहुमुखी क्याम्पसले क्युएएको बाटोमा गएर आवस्यक संकाय थप गर्ने लक्षले महायज्ञ गरेको हो । पाण्डेले हिजोको जस्तो संस्कार हराएकोमा चिन्ता व्यक्त गर्दै धार्मिक सहिष्णुता खलबलाएर आम नागरिकलाई बितृष्णा फैलाउन खोज्नेहरुबाट समाज जोगाउनु पर्ने धारणा समेत व्यक्त गरे ।

पाण्डेले बागलुङको बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शैय्याको अस्पताल बनाउने निर्णय भएको सुनाउँदै गलकोट नगर अस्पतालको पनि स्तरोन्नती गरेर उपचारका लागि सहर पस्न नपर्ने वातावरण बनाउन पहल गर्ने प्रतिवद्वता समेत जनाएका छन् ।

२०६१ सालमा महायज्ञ गरेर खोलिएको यो क्याम्पस संचालनका लागि स्थानीयले १ करोड ९५ लाख सहयोग गरेका थिए । अहिले क्याम्पसले २० करोड संकलन गर्ने लक्ष राखेको क्याम्पस प्रमुख मुकुन्दसिंह भण्डारीले बताए । ८ दिनसम्म चल्ने महायज्ञको कथा बाचनका लागि भागवत भाष्कर कमल नयन गौतम आएका छन् ।

गलकोट बहुमुखी क्याम्पस व्वस्थापन समितिका अध्यक्ष घनश्याम शर्माको अध्यक्षता, सहायक प्रध्यापक बीरबहादुर बोहोरा क्षेत्री र भगवान बोहोरा क्षेत्रीको सञ्चालन तथा गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेको स्वागतमा सम्पन्न कार्यक्रममा राजनीतिक दलको तर्फबाट नेपाली काँग्रेसका जिल्ला सभापति जित शेरचन र प्रमुख बाचक भागवत भाष्कर कमल नयन गौतम तथा गलकोट समाज पोखराका सचिव बबिन खत्रीले मन्तव्य राखेका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

रुप्से झरना पछिल्लो समय पर्यटकमाझ लोकप्रिय बन्दै

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –३ दाना स्थित रुप्से झरना पछिल्लो समय पर्यटकमाझ लोकप्रिय बन्दै गएको छ । चिन र

दोषी ठहर भएर फरार रहेका ३१ जना प्रतिवादी पक्राउ

अर्घाखाँची । अर्घाखाँचीमा विभिन्न घटनामा दोषी ठहर भएर फरार रहेका ३१ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । अर्घाखाँचीका

पाथीभरा मन्दिरमा एक वर्षको अवधिमा ३ करोड ११ लाख भेटी…

ताप्लेजुङ । ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा एक वर्षको अवधिमा ३ करोड ११ लाख बढी भेटी सङ्कलन भएको छ ।

भृकुटी कागज कारखाना १४ वर्षदेखि पूर्णरुपमा बन्द

नवलपरासी । नवलपरासीको गैँडाकोटमा रहेको भृकुटी कागज कारखाना विगत १४ वर्षदेखि पूर्णरुपमा बन्द हुँदा कारखानाका भवनहरु भत्किएर भग्नावशेषमा परिणत हुँदै

पर्वतमा धान रोप्ने खेतको क्षेत्रफल वर्षेनी साँघुँरिदै

पर्वत । पर्वतका धान रोप्ने खेतको क्षेत्रफल वर्षेनी साँघुँरिदै गएको छ । विगत पाँच वर्ष यता धान खेती हुने क्षेत्रफल

मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुखसहित तीन जना पक्राउ

काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुखसहित तीन जनालाई पक्राउ गरेको छ

Techie IT