Techie IT
२०८२ भदौ ३०, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालसरकारले सञ्चारमाध्यम सम्बन्धी कानुनहरू समयानुकूल बनाउन लागेको छ: मन्त्री शर्मा

सरकारले सञ्चारमाध्यम सम्बन्धी कानुनहरू समयानुकूल बनाउन लागेको छ: मन्त्री शर्मा


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले सञ्चार माध्यमसम्बन्धी कानुनहरू समयानुकूल बनाउन लागेको बताएकी छिन् ।

राष्ट्रिय समाचार समितिको ६३औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री शर्माले सरकारले सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक र आम सञ्चार विधेयक अर्थ मन्त्रालयमा रहेको र सरकारले संसद्को यसै अधिवेशनमा प्रस्तुत गर्ने तयारी गरेको जानकारी दिइन् ।

मन्त्री शर्माले सञ्चारमाध्यमहरू सरकार र नागरिक बीचको पुल भएकाले सोही अनुसारको भूमिका निभाउन सञ्चार जगतलाई आग्रह गरिन् ।

समारोहमा मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले राससले समाचार उत्पादन र वितरणमा उच्च व्यावसायिकता प्रदर्शन गर्दै आएको बताइन् ।

राससका कार्यकारी अध्यक्ष धमेन्द्र झाले राससले समावेशी समाचार कक्षको परिकल्पना गरेको जानकारी गराउँदै मातृभाषामा समेत समाचार सेवा सुरु गरेको जानकारी गराइन् ।

यस अवसरमा राससले रेडियो नेपाललाई उत्कृष्ट सेवाग्राहीका रुपमा प्रशंसा पत्र प्रदान गरेको छ ।

समारोहमा रासस अनुभव र अनुभूति पुस्तकको समेत विमोचन गरिनुका साथै विभिन्न पुरस्कार तथा सम्मान पनि वितरण गरिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालय

काठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै

Techie IT