गृहपृष्ठ ∕ नेपाल ∕ मोरङको बुढीगंगामा लहरी पल्टिँदा तीनजना बालबालिकाको मृत्युमोरङको बुढीगंगामा लहरी पल्टिँदा तीनजना बालबालिकाको मृत्यु नेपालीपत्र शुक्रबार, २०८० फागुन ११ गते, १२:३५ मा प्रकाशित नेपाल विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका– ४ प्रगती टोलमा लहरी गाडी पल्टिँदा एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा बुढीगंगा गाउँपालिका– ४ की ज्योति अधिकारीकी चार वर्षीया छोरी इसिता अधिकारी, चार वर्षीय छोरा निशान्त अधिकारी र ८ वर्षीया रिहा खवास रहेका छन् ।आरजे २९ जिबी १५६१ भारतीय नम्बर प्लेटको लहरी गाडी शुक्रबार बिहान दुर्घटना भएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालले बताए। ज्योति अधिकारीका छोरा र छोरी जुम्ल्याहा रहेको उनले बताए । लहरी पल्टिँदा तीन जना बालाबलिकाको घटनास्थलमै मृत्यु भएको दाहालले बताए ।बिहान ७ बजे उद्योगतर्फ जाँदै गरेको लहरी दुर्घटना भएको थियो । उक्त लहरी ज्योतिको घरमा पल्टिएको प्रहरीले जनाएको छ । घटनास्थलमा क्रेनको सहयोगबाट शव निकाल्ने प्रयास भइरहेको छ । दुर्घटनामा ज्योति अधिकारी गम्भीर घाइते भएकी छिन् । #मोरङग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्तकाठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानितकाठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरारकाठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहणकाठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदैकास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको होधेरै पढिएका खबर १ श्रृखलाबद्ध रूपमा सुनका सिक्री चोरी गर्ने गिरोह पक्राउ २ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन ३ जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलकाे फाइनलमा ४ ग्लोबल आइएमई बैंक र आईएफसीबीच जोखिम व्यवस्थापन, लैङ्गिक तथा जलवायु वित्त क्षेत्रमा परामर्श सेवासम्बन्धी समझदारी ५ आज विश्व रेबिजविरुद्धको दिवस मनाइँदै ६ सुनको भाउ घट्यो ७ न्यायाधीश न्यौपानेलाई सरुवा गर्ने प्रस्ताव आफ्नो नभएको कानुनमन्त्रीको प्रष्टोक्तिThe Film Nepal