Techie IT
२०८२ साउन ३१, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालधरानमा विमानस्थल बनाउन उपयुक्त देखिएन: प्राधिकरण

धरानमा विमानस्थल बनाउन उपयुक्त देखिएन: प्राधिकरण


काठमाडाैँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सुनसरीको धरानमा विमानस्थल बनाउन उपयुक्त नदेखिएको निष्कर्ष निकालेको छ । प्राधिकरणले सूचना निकालेर धरानमा विमानस्थल उपयुक्त नरहेको जानकारी गराएको हो ।

प्राधिकरणको सूचनामा तराई तथा भित्री मधेसमा विमानस्थल निर्माण गर्दा नजिकको अर्को विमानस्थलबाट कम्तीमा ४० नटिकल माइल हुनुपर्ने नीतिगत व्यवस्था विपरीत हुने भएकोले धरानमा विमानस्थल उपयुक्त नहुने उल्लेख छ । यस्तै भौगोलिक अवस्थितिका कारण ‘वान वे अप्रोच’ हुने, सडक यातायातको सहज उपलब्धताका कारण हवाई यातायातको दीर्घकालीन, नियमित र व्यावसायिक सम्भावना नरहेको लगायतका कारण धरानमा विमानस्थल आवश्यक नरहेको निष्कर्षमा पुगेको प्राधिकरणले जनाएको छ ।

यसअघि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानमा विमानस्थल बनाउन दबाब दिएपछि प्राधिकरणले समिति बनाएर धरानमा विमानस्थल आवश्यक रहे/नरहेकोबारे अध्ययन गरेको थियो । प्राधिकरणकाे याे निर्णयप्रति भने मेयर साम्पाङले आपत्ति जनाएका छन् ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गएको आर्थिक वर्षमा सरकारको खर्च १५ खर्ब ८ अर्ब रुपैयाँ

काठमाडाैँ । गएको आर्थिक वर्षमा सरकारको १५ खर्ब ८ अर्ब २३ करोड ११ लाख रुपैयाँ खर्च भएको छ । यसअघि,

व्यवसायिक अकबरे खुर्सानी खेती गरेका कृषकलाई बजारको चिन्ता

म्याग्दी । व्यवसायिक अकबरे खुर्सानी खेती गरेका म्याग्दी र पर्वतका कृषकलाई बजारको चिन्ताले सताएको छ । बजारको अभावले किसानहरु मर्कामा

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीले बोधगयामा भेटवार्ता गर्ने

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले आगामी भारत भ्रमणमा समकक्षी नरेन्द्र मोदीसँग बोधगयामा द्विपक्षीय भेटवार्ता गर्ने तय भएको छ ।

रुपन्देही–३ उपनिर्वाचनका लागि २७ दलका २८ निवेदन

काठमाडौं । कार्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर तीनमा हुने प्रतिनिधि सभा उपनिर्वाचनमा भाग लिनका लागि २७ दलले निर्वाचन आयोगमा

पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ को नेपाली पाठ्यपुस्तकमा भएको त्रुटि…

काठमाडाैँ । पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ को नेपाली पाठ्यपुस्तकमा भएको त्रुटि सच्याएको छ । बोध र अभिव्यक्ति खण्डको अभ्यास

जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढ्यो : ठेक्का सम्झौतामा…

काठमाडाैँ । डोल्पाको जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अगाडि बढेको छ । प्रवर्द्धक कम्पनी र निर्माण व्यवसायीबीच निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामा

Techie IT