Techie IT
२०८१ असार ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालचार स्थानमा पुल निर्माण गरिने

चार स्थानमा पुल निर्माण गरिने


काठमाडौँ । सडक विभागले आगामी वर्ष चार स्थानमा पुल निर्माण गर्न प्रक्रिया अघि बढाउने भएको छ ।

काठमाडौँ उपत्यकाको बागमती नदी, चितवनको नारायणी नदी, कास्कीको विजयपुर र रुपन्देहीको तिनाउ नदीमा अत्याधिक पुल निर्माणका लागि अध्ययन थालिएको सडक विभाग, पुल महाशाखाका प्रमुख नरेशमान शाक्यले बताए ।

उनले भने, “विश्वका कतिपय सहर पुलका कारण चिनिन्छन्, त्यसैगरी यी पुल पनि ती ठाउँको परिचय झल्किने गरी बनाउन लागिएको छ ।” विशेषतासहित पुल निर्माणको योजना बनाइएको शाक्यको भनाइ छ ।

नयाँ बनाइने चारवटै पुलमा स्थानीय मौलिकता समेट्ने गरी डिजाइन गरिने उनले बताए । काठमाडौँमा मन्दिर वा कुनै कलात्मक कुरा, चितवानमा गैँडा र अरु ठाउँमा पनि त्यहाँको विशेषता समेट्ने योजना रहेको छ । तिनाउ नदीमा बिश्व बैंकको ‘सिग्नेचर पुलमा एक्सेस प्रोग्राम’ अन्तर्गत पुल निर्माण गर्न लागिएको छ । पोखरामा पुल निर्माणका लागि विभागले अन्तर्राष्ट्रिय विज्ञको सहयोगमा डिजाइन तयार गर्ने योजना बनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

क्लासिक टेकको भुक्तानी ‘सेल पे’ बाट गर्दा बुलेट बाइक जित्ने…

काठमाडौँ । क्लासिक टेकले ग्राहकका लागि नयाँ योजना सार्वजनिक गरेको छ । कम्पनीले क्लासिक टेकको भुक्तानी ‘सेल पे’ वालेट मार्फत

एसईईको तालिका सार्वजनिक

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले वर्ष २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक गरेको छ । बोर्डअन्तर्गत परीक्षा नियन्त्रण

माल्टा पठाउने भन्दै ठगी गर्ने केशवराज जोशी पक्राउ

काठमाडौँ । प्रहरीले केशवराज जोशीलाई पक्राउ गरेको छ । वैदेशिक रोजगारीका लागि माल्टा पठाउने भन्दै ५० लाख रुपैयाँभन्दा बढी रकम

प्राइम सहकारीको रकम अपचलन गरेको आरोपमा ३ जना पक्राउ

काठमाडौँ । पोखरा महानगरपालिका–४ गैह्रपाटनपस्थित प्राइम बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलन गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ

५८ कार्टुन भेपसहित हेटौँडाबाट ५ जना पक्राउ

काठमाडौँ । मकवानपुर प्रहरीले ५८ कार्टुन चाइनिज भेपसहित पाँच जनालाई पक्राउ गरेको छ । काठमाडौँबाट हेटौंडा हुँदै भारत जान लागेको

निर्वाचन आयोगको आयुक्तमा सिफारिस प्रधानविरुद्ध उजुरी आह्वान

काठमाडौँ । संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको आयुक्तमा सिफारिस कृष्णमान प्रधानविरुद्ध उजुरी आह्वान गरेको छ । आज बिहान बसेको समितिको

Techie IT