Techie IT
२०८२ असार १९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालप्रधानमन्त्री प्रचण्ड र रास्वपा सभापतिबीच भेट

प्रधानमन्त्री प्रचण्ड र रास्वपा सभापतिबीच भेट


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेट भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान भएको भेटमा दूध किसानको बक्यौता र चितवनमा मृत्यु भएकी बालिका शालिन पोखरेलका विषयमा कुराकानी भएको रास्वपाका महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले जानकारी गराए ।

दूध बेचेको सात अर्ब रुपैयाँ नपाएको भन्दै दुग्ध किसानहरु विरोधमा उत्रिएका थिए । आन्दोलनरत पक्षसँग सरकारले २१ चैतभित्र बक्यौता चुक्ता गर्ने सहमति शनिबार गरिसकेको छ । दुग्ध किसानका समस्या र पार्टीको कृषि विभागले तयार गरेको समाधानका उपायका बारेमा प्रधानमन्त्रीसँग पार्टी सभापतिले ध्यानाकर्षण गराएको सहप्रवक्ता प्रतिभा रावलले जानकारी गराइन् । चितवनको रत्ननगर नगरपालिका वडा नं. १० मा रहेको शिशु निकेतन माविको छात्रावासमा फागुन १२ गते शालिन मृत अवस्थामा भेटिएकी थिइन् ।

कक्षा ८ मा अध्ययनरत छात्राको मृत्यु भएको एक साता बित्दा पनि उनको हत्या वा आत्महत्या आधिकारिक विवरण सार्वजनिक भएको छैन । शालिनको हत्या भएको भन्दै परिवारजनले छानबिनको माग गर्दै आएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

संविधान सभा सदस्य रामअयोध्या यादवको निधन

काठमाडौं । संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । बाराको सुवर्ण गाउँपालिका २ कवहीजगात गाउँ घर भएका यादवको ७२

Techie IT