Techie IT
२०८२ असार १९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालप्रमुख निर्वाचन आयुक्त र फेरनान्डेजबीचभेटवार्ता

प्रमुख निर्वाचन आयुक्त र फेरनान्डेजबीचभेटवार्ता


काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र ‘युनाइटेड नेसन वुमन’का देशीय प्रतिनिधि पत्रिसिया फेरनान्डेजबीच आयोगको कार्यालयमा बुुधबार भेटवार्ता भएको छ ।

सो अवसरमा प्रमुख आयुक्त थपलियाले नेपालको विकासका प्रयासमा ‘युएन वुमन’ले गरेका विभिन्न प्रयासको चर्चा गर्दै हाल लैङ्गिक समावेशीकरणका क्षेत्रमा सरकारका विभिन्न निकायसँग भएका सहकार्यकाबारेमा जानकारी गराए ।

उनले लैङ्गिक तथा समावेशी नीतिको मूल्याङ्कन, चौथो रणनीतिपत्र तयारीका साथै सोको कार्यान्वयनमा युएन वुमनमार्फत सहकार्य गर्न आह्वान गरे ।

देशीय प्रतिनिधि पत्रिसियाले नेपालको लैङ्गिक तथा समावेशीकरणको सफलता उदाहरणीय रहेको उल्लेख गर्दै राजनीतिक क्षेत्रमा महिलाको गुणस्तरीय सहभागिता वृद्धिका लागि थप नीतिगत व्यवस्था गर्न आवश्यक रहेको बताए । उनले आयोगले अवलम्बन गरेका लैङ्गिक समावेशीकरणका प्रयासमा हरसम्भव सहयोग गर्ने विश्वास दिलाए ।

भेटवार्तामा निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधर, सहसचिव रमेश ढकाल र उपसचिव डा. थानेश्वर भुसाललगायतको उपस्थिति रहेको आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

संविधान सभा सदस्य रामअयोध्या यादवको निधन

काठमाडौं । संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । बाराको सुवर्ण गाउँपालिका २ कवहीजगात गाउँ घर भएका यादवको ७२

Techie IT