Techie IT
२०८२ असोज २, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालचित्तपोल सिमल्टार बाँसुरी बाजा खलःका ३९ जना प्रशिक्षित

चित्तपोल सिमल्टार बाँसुरी बाजा खलःका ३९ जना प्रशिक्षित


भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नम्वर १० चित्तपोल स्थित सिमल्टार बाँसुरी बाजा खल: का ३९ जना बाँसुरी बाजामा प्रशिक्षित भएका छन् ।

बाँसुरी बाजा खलले स्थानीय नेवार समुदायमा आफ्नो कला संस्कृतिको रक्षा गरौँ भन्दै स्थानीय ३९ जनालाई बाँसुरी बाजा प्रशिक्षण प्रदान गरेको थियो । बाँसुरी बाजा खलःले भाद्र महिना देखि स्थानीय ११ वर्ष देखि ५३ वर्ष सम्मका सहभागीहरूलाई प्रशिक्षण प्रदान गरेको थियो । कला संस्कृति र परम्परालाई आधुनिकीकरण गरी निरन्तरता दिँदै लैजाने उद्देश्यका साथ उक्त प्रशिक्षण गरेको सिमल्टार बाँसुरी बाजा खलःले जनाएको छ । आगामी दिनमा पनि उक्त खलःले युवाहरूलाई प्रशिक्षण दिँदै लैजाने खलःका सदस्य मोतीराम खाताखोले जानकारी दिए ।

बाँसुरी बाजा तथा हार्मोनियम बाजामा प्रशिक्षितहरूलाई एक कार्यक्रमका बिच सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा , सूर्यविनायक नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष शिवराम राउत लगायतका महानुभावले बाजाका प्रशिक्षितहरूलाई प्रमाणपत्र वितरण गर्दै दीक्षित गरेका थिए ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले आफ्नो कला संस्कृति भुलेमा हाम्रो अस्तित्व नै मेटिने भन्दै कला संस्कृतिको विकास तथा विस्तार एवं जगेर्ना गर्न नगरपालिका जस्तो सुकै कदम चाल्न पनि तयार भएको बताएका थिए ।

यस्तै कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष शिवराम राउतले अव को वडाको लक्ष्य भनेको कला, संस्कृति, परम्परा र रीतिरिवाजको संरक्षण एवं सर्वधन गर्ने लक्ष्य रहेको हुँदा आर्थिक हिसाबले गर्नुपर्ने सहयोग गर्नु कुरा राखेका थिए ।

प्रशिक्षितहरूलाई शुभकामना दिँदै प्रशिक्षक धर्म मुनिकारले यो आफ्नो १२० औँ स्थानको प्रशिक्षण भएको जानकारी दिएका थिए । देश भर विभिन्न स्थानमा गएर आफूले बाँसुरी बाजाको प्रशिक्षण दिँदै आएको उनले बताएका थिए । २०५७ सालबाट बाँसुरी बाजा , पछिमा खिं धिमे, बय खिं, कोचाखिंको प्रशिक्षण दिँदै आएको उनले जानकारी दिएका थिए ।

कार्यक्रममा प्रशिक्षार्थीहरूलाई प्रमाण पत्र तथा प्रशिक्षक धर्म मुनिकारलाई सम्मान पत्र प्रदान गरिएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT