Techie IT
२०८१ साउन ११, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालशिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापाद्वारा शपथ ग्रहण

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापाद्वारा शपथ ग्रहण


काठमाडौँ । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापाले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।

बुधबार समितिको सभापतिमा निर्बिरोध निर्वाचित भएसँगै सभापति थापाले पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् ।

बुधबार अपरान्ह संसद भवनस्थित ल्होत्से हलमा सभामुख देवराज घिमिरेले सभापति थापालाई पद तथा गोपनियताको शपथग्रहण गराए । शपथग्रहणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले समितिमा आउने महत्वपूर्ण कामलाई प्राथमिकताका साथ अघि बढाउने बताए ।

उनले देश निर्माणमा शिक्षा महत्वपूर्ण हुने भन्दै शिक्षालाई सुधार गर्दै अघि बढ्ने बताए । उनले अब शिक्षा क्षेत्रलाई अघि बढाउने उद्देश्य र योजनाअनुरुप अघि बढ्ने बताए । उनले शिक्षा र स्वास्थ्यका लागि नागरिकलाई सहज हुनेगरी काम गर्ने प्रतिवद्धता जनाए । शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार गरेरै छोड्ने बताए ।

सभापति थापाले ले शिक्षकलाई कर्मचारी सरहको सेवा सुविधा दिनेगरी काम गर्ने बताए । उनले राजनीतिबाट शिक्षालाई टाढा राख्ने उद्देश्य राखेको बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दोलखाको भीमेश्वर मन्दिरमा राष्ट्रपतिको क्षमा पूजा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट दोलखाको भीमेश्वर मन्दिरमा क्षमा पूजा गरिएको छ । राष्ट्रपति पौडेलले संकल्प गरी पठाएको सामग्रीबाट

मौद्रिक नीतिः वैदेशिक रोजगारमा जानेलाई बिनाधितो ऋण उपलब्ध गराइने

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारमा जानेहरुका लागि बिनाधितो कर्जा उपलब्ध गराउने

मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति

संक्रमणकालीन न्यायको विषयमा कार्यदल सहमति नजिक

काठमाडौँ । संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा सहमति जुटाउन गठित कार्यदलको बैठक सकिएको छ । शुक्रबार सिंहदरबारस्थित गृह मन्त्रालयमा सम्पन्न

कोसीमा माओवादीका मन्त्रीले आज राजीनामा दिने

विराटनगर । कोसी प्रदेशमा नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले सरकार छाड्ने भएका छन् । उनीहरूले शुक्रबार अपराह्नसम्म मुख्यमन्त्री हिक्मत कार्कीसमक्ष राजीनामा

मौद्रिक नीति सवा १२ बजे सार्वजनिक हुने

काठमाडौँ । नेपाल राष्ट्र बैंक सञ्चालक समितिले आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीति पारित गरेको छ । शुक्रबार बिहान बसेको

Techie IT