Techie IT
२०८२ जेठ १०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालप्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न बैठक बस्न लागेको हो ।

बैठक आइतबार बिहान ९ बजेका लागि बोलाइएको छ । गत आइतबार नै बैठक बोलाइए पनि सभामुख देवराज घिमिरे जेनेभा भ्रमणमा गएकोले बैठक एक हप्ताका लागि सारिएको उपसभामुख इन्दिरा रानाले जानकारी दिइन् ।

प्रधानमन्त्री अध्यक्ष रहने परिषदका सदस्यमा प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका विपक्षी दलका नेता र प्रतिनिधि सभाको उपसभामुख रहन्छन् ।

बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, महालेखा परीक्षकको कार्यालय र निर्वाचन आयोगमा रिक्त पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्ने कार्यसूची छ । एमालेसहितको गठबन्धन बनेपछि पहिलो पटक परिषद्को बैठक बस्न लागेको हो ।

कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाका प्रमुख पदाधिकारी रहने संवैधानिक परिषद्‌मा सत्ता समीकरण फेरिएसँगै शक्ति संरचना पनि फेरिएको छ ।​ परिषद्को नयाँ संरचनामा कांग्रेसले प्रवेश पाएको छ भने एमाले पृष्ठभूमिका पदाधिकारीको संख्या घटेको छ ।

यसअघि सत्तापक्षमा हुँदा पनि कांग्रेसको प्रतिनिधित्व संवैधानिक परिषद्‌मा थिएन । विपक्षी दलका नेताका रूपमा अब संवैधानिक परिषद्‌मा कांग्रेस सभापति शेरबहादुर देउवा उपस्थित हुनेछन् । राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल पहिलो पल्ट संवैधानिक परिषद् बैठकमा सहभागी हुँदैछन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चितवनमा पौडी पोखरीमा डुबेर एक जनाको ज्यान गयो, आठ जना…

चितवन । चितवनको भरतपुर महानगरपालिका–२२ का २५ वर्षीय लोकेश महतोको पौडी पोखरीमा डुबेर ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका

दलित परिवारका लागि सुरक्षित आवास

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० सिमलखेतका जनजाली सार्कीको सुरक्षित आवासमा बस्ने सपना पूरा भएको छ । “पुरानो घरको छाना बर्खामा चुहिँदा

विश्व स्वास्थ्य सङ्गठनद्वारा ऐतिहासिक महामारी सम्झौता स्वीकृत

एजेन्सी । संयुक्त राष्ट्रसङ्घीय स्वास्थ्य एजेन्सी विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कोभिड नाइन्टिन सङ्कटबाट उत्पन्न भएको तीन वर्षभन्दा बढीको वार्तापछि

बैतडीको बडिया र कणेलीगाउँमा खानेपानीको समस्या

बैतडी । दोगडाकेदार गाउँपालिकाको वडा नं २ बडिया र कणेलीगाउँमा खानेपानीको समस्या भएको छ । गाउँपालिकाले ‘एक घर, एक धारा

नारायणगढ–बुटवल सडक: दाउन्ने क्षेत्रमा काम केन्द्रित

नवलपरासी । नारायणगढ–बुटवल सडक निर्माण योजनाको भौतिक प्रगति ६६ दशमलव ५० प्रतिशत पुगेको छ । आयोजनका सूचना अधिकारी शिव खनालका

विवाहेत्तर सम्बन्धका कारण युवकको हत्या, ६ जना पक्राउ

सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका–१, किसनपुरका अरविन्दकुमार पण्डितको हत्याका ६ जना आरोपितलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले सोमबार सार्वजनिक गरेको छ

Techie IT