गृहपृष्ठ ∕
नेपाल ∕
लागुऔषध कोकिन सहित ठमेलबाट २ ब्राजिलियन पक्राउ लागुऔषध कोकिन सहित ठमेलबाट २ ब्राजिलियन पक्राउ
काठमाडौँ । ठमेलबाट लागुऔषध कोकिनसहित २ जना ब्राजिलियन नागरिक पक्राउ परेका छन् ।
काठमाडौँ महानगरपालिका १७ ठमेलस्थित एक होटलबाट ब्राजिलियन नागरिक लारिसन ब्रिटो डोस सान्तोस र फेर्नान्डा भले दोसलाई लागुऔषध नियन्त्रण ब्युरोले बुधबार राति पक्राउ गरेको हो ।
लारिसको सुडकेसमा ६२ वटा प्लास्टिकले बेरिएको अवस्थामा कोकिन ५५० ग्राम र १३९ वटा क्याप्सुलमा कोकिन १ किलो ३९० ग्राम बरामद गरेको ब्युरोले जनाएको छ ।
उनीहरुले ब्राजिलको सापाउलोबाट कोकिनको क्याप्सुल निलेर पेटमा लुकाई ल्याएको खुलेको छ । उनीहरूको पेटमा थप क्याप्सुल हुन सक्ने आशंकामा प्रहरीले प्रहरी अस्पताल लगेको थियो । लारिसनको पेटबाट थप ६ वटा क्याप्सुल बरामद भएको ब्युरोका प्रवक्ता एसपी रामेश्वर कार्कीले बताए ।
उनीहरूबाट बरामद भएको कोकिनको मूल्य ४ करोड ३६ लाख ५० हजार रुपैयाँ मर्ने प्रहरीको भनाइ छ । दुवै जनाविरुद्ध लागुऔषध कारोबारको कसुरमा अदालतबाट शुक्रबार म्याद लिएर प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
विराटनगर । मोरङको धनपालथान गाउँपालिका–१ स्थित उखु घारीबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय रंगेली,
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–४ बाँसबोटको भीरबाट खसेको पहिरोले हिजो दिउँसो थुनिएको म्याग्दी नदी पुरानैलयमा बग्न थालेको छ । धवलागिरि
काठमाडाैँ । रोल्पाको थबाङका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कविहीन भएका छन् । थबाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढा मगरका
काठमाडौँ । स्वास्थ्य बीमा कार्यक्रममा आवद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताएका
काठमाडाैँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठकले रसुवाको बाढीमा बेपत्ताको खोज–उद्धार कार्यलाई निरन्तरतासहित थप प्रभावकारी बनाउन सम्बन्धित
काठमाडाैँ । सरकार र आन्दोलनरत नेपाल चिकित्सक सङ्घबीच सहमति जुटेको छ । आन्दोलनरत चिकित्सक र सरकारबीच हिजो बेलुका तीन बुँदे