Techie IT
२०८२ साउन ३, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपाल‘डेङ्गु नियन्त्रण गर्न सबैको सहकार्य आवश्यक पर्छ ’

‘डेङ्गु नियन्त्रण गर्न सबैको सहकार्य आवश्यक पर्छ ’


काठमाडौँ । पछिल्लो समय डेङ्गु सङ्क्रमण जनस्वास्थ्यका रुपमा देखा पर्न थालेको छ । नेपालको केही वर्षको तथ्याङ्कले पनि डेङ्गु महामारीका रुपमा देखापर्दै आएको देखाउँछ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार नेपालमा सन् २०१९ मा १७ हजार ९९२ जनामा डेङ्गु पुष्टि भएको थियो ।

त्यसैगरी, सन् २०२० मा ५३०, सन् २०२१ मा ५४०, सन् २०२२ मा ५४ हजार ७८४, र सन् २०२३ मा ५१ हजार २४३ जनामा डेंगु पुष्टि भएको थियो । डेङ्गु गर्मी मौसममा वृद्धि हुने भए पनि जलवायु परिवर्तका कारण पछिल्लो केही वर्ष यता जाडोमा पनि डेङ्गु सङ्क्रमण शून्यमा नझरेको इडिसिडिका प्रमुख डा. गोकर्ण दाहाल बताउँछन् ।

इडिसिडीका अनुसार जनवरी सुरु भएदेखि लगभग छ सय जनामा डेङ्गु पुष्टि भैसकेको छ । यो वर्ष पनि डेङ्गुले महामारीको रुपमा लिन सक्ने धेरैको आकलन छ ।

डेङ्गु नियन्त्रणमा सबैको सहकार्य आवश्यक

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा।प्रकाश बुढाथोकीले यो वर्ष डेंगु फैलिन नदिन सबैसँग सहकार्यका लागि पहल अगाडि बढाएको जानकारी दिनुभयो । डेङ्गु नियन्त्रण गर्न सबैको सहकार्य अवश्यक पर्ने भएकाले सोही अनुरुप मन्त्रालयले सबै स्थानीय तह र मन्त्रालयसँग सहकार्य अगाडि बढाएको उहाँले बताउनुभयो ।

उहाँ भन्नुहुन्छ,“एक जनाको प्रयासले मात्र डेङ्गु नियन्त्रण हुँदैन । डेङ्गु नियन्त्रण गर्न कृषि, खानेपानी, वातावरण मन्त्रालयको पनि सहकार्यको आवश्यक पर्छ । त्यसका लागि मन्त्रालयले प्रयास अगाडि बढाएकोा छ ।”

डेङ्गु नियन्त्रण गर्न व्यक्ति स्वयमले पनि पानी जम्ने खाल्डखुल्डी पुर्ने, पानी लामो समयसम्म जम्न नदिने परिपाटी बनाउने, टायर जथाभावी फाल्न नदिने जस्ता कार्य गरेर सहयोग गर्न आवश्यक छ ।”

त्यसका साथै सबै तहमा डेङ्गु रोगसम्बन्धी सचेतना फैलाउने काम गरेको उहाँको भनाइ छ । रोग नियन्त्रण गर्ने स्थानीय तहको भूमिका सन्तोषजनक नभएको डा।बुढाथोकीको तर्क छ ।

डेङ्गु सङ्क्रमण उन्मूलन गर्ने हो भने सबैको सहकार्य आवश्यक पर्ने उहाँले जिकिर गर्नुभयो । उहाँले भन्नुभयो,“डेङ्गु सङ्क्रमणलाई शून्यमा झार्न सबैको सहकार्य आवश्यक पर्छ स्वास्थ्य मन्त्रालयले मात्र काम गरेर यसलाई उन्मूलन पार्न मुस्किल छ ।”

पानी जम्ने ठाउँमा खाल्डाखुल्डी पुर्ने, पानी जम्न नदिने, कवाडीलाई व्यवस्थित गर्ने, टायर जथाभावी नफाल्ने, पानी जम्मा गर्ने भाडा बेलाबेलामा सफा गर्नुपर्ने भएकाले सबैको सहकार्य आवश्यक पर्छ ।

सङ्क्रमण फैलिन नदिन के गर्दै छ सरकारले ?

यो वर्ष डेङ्गु सङ्क्रमणले महामारीको रुप नलियोस् भनेर स्वास्थ्य मन्त्रालय काम अगाडि बढाएको डा।बुढाथोकी बताउनुहुन्छ । उहाँका अनुसार मन्त्रालयले डेङ्गु रोगसम्बन्धी सचेतना कार्यक्रम सञ्चालनमा ल्याएको छ।

डा।बुढाथोकीले मन्त्रालयले स्वास्थ्य संस्थामा फोकल प्वाइन्ट तोक्ने र डेंगुको उपचारमा चाहिने सामग्री तयारी अवस्थामा राखेको जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ, “समान्य सङ्क्रमण भएमा हामीले काम गर्दै आएका छौँ । सङ्क्रमणले महामारीको रुप लिएमा तयारी अवस्थामा छौँ ।”

व्यक्ति स्वयं जिम्मेवार हुनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँ भन्नुहुन्छ, “डेङ्गु नियन्त्रण गर्न घरबाट नै काम सुरु गर्नुपर्छ । जबसम्म डेङ्गु सङ्क्रमण्ले मलाई पनि समस्या पार्न सक्छ भनेर आत्मबोध गर्न सकिंदैन तबसम्म यो सङ्क्रमणलाई निर्मूल पार्न गाह्रो हुन्छ ।”

चिकित्सकका अनुसार डेङ्गु रोग एडिज जातका लामखुट्टेको टोकाइबाट सर्दछ । एडिज जातका लामखुट्टे पानी जम्मा भएको जुनसुकै भाँडोमा पनि हुर्कन सक्दछ । उच्च ज्वरो आउनु, जोर्नी र मांसपेशीहरु दुख्नु, टाउको दुख्नु, शरीरमा राता बिमिरा आउनु, आँखाको गेडी दुख्नु, वाकवाकी लाग्नु वा वान्ता हुनु डेङ्गुका लक्षण हुन् । डेङ्गुबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिन र व्यक्तिगत सुरक्षाका उपाय अपनाउन चिकित्सकको सुझाव छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

रुप्से झरना पछिल्लो समय पर्यटकमाझ लोकप्रिय बन्दै

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –३ दाना स्थित रुप्से झरना पछिल्लो समय पर्यटकमाझ लोकप्रिय बन्दै गएको छ । चिन र

दोषी ठहर भएर फरार रहेका ३१ जना प्रतिवादी पक्राउ

अर्घाखाँची । अर्घाखाँचीमा विभिन्न घटनामा दोषी ठहर भएर फरार रहेका ३१ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । अर्घाखाँचीका

पाथीभरा मन्दिरमा एक वर्षको अवधिमा ३ करोड ११ लाख भेटी…

ताप्लेजुङ । ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा एक वर्षको अवधिमा ३ करोड ११ लाख बढी भेटी सङ्कलन भएको छ ।

भृकुटी कागज कारखाना १४ वर्षदेखि पूर्णरुपमा बन्द

नवलपरासी । नवलपरासीको गैँडाकोटमा रहेको भृकुटी कागज कारखाना विगत १४ वर्षदेखि पूर्णरुपमा बन्द हुँदा कारखानाका भवनहरु भत्किएर भग्नावशेषमा परिणत हुँदै

पर्वतमा धान रोप्ने खेतको क्षेत्रफल वर्षेनी साँघुँरिदै

पर्वत । पर्वतका धान रोप्ने खेतको क्षेत्रफल वर्षेनी साँघुँरिदै गएको छ । विगत पाँच वर्ष यता धान खेती हुने क्षेत्रफल

मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुखसहित तीन जना पक्राउ

काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुखसहित तीन जनालाई पक्राउ गरेको छ

Techie IT