Techie IT
२०८२ असार १, आईतबार
NepaliPatra logo
गृहपृष्ठजीवनशैलीपोखरा: छोराको बिहेमा मादल बजाउन जान्ने मानिस अब खोज्न नपर्ने भयो

पोखरा: छोराको बिहेमा मादल बजाउन जान्ने मानिस अब खोज्न नपर्ने भयो


लेखनाथ ।

‘आज मादल बजेको किन ?
गाउँ घर दुनियाँ ब्युँझाउन…’

जनकवि केशरी धर्मराज थापाको यो गीतले भनेझैँ अब पोखरा–९ का आमाहरुले छोराको बिहेमा रत्यौली र तिहारमा देउसी खेल्दा आफै मादल बजाउन सक्ने भएका छन् । वडा कार्यालयले यहाँका २५ महिला समूहका ६५ जनालाई १० दिने मादल बजाउने तालिम प्रदान गरेपछि वडाका आमा मादल बजाउन सक्ने भएका हुन् । तालिम लिएसँगै पोखरा–९ निवासी टीकाकुमारी पोखरेलले भनिन्, “छोराको बिहेमा मादल बजाउन जान्ने मानिस अब खोज्न नपर्ने भयो, आफू र टोलका दिदीबहिनीले मादल बजाउन जान्ने भएपछि कसैको आवश्यकता नपर्ने भयो ।”

नेपाली लोक धुन र परम्परागत बाजामा मादलको प्रयोग बढी हुनेगर्छ । अर्कोतर्फ तिहारलाई विशेषगरी बत्ती र सङ्गीतको चाड मानिन्छ । तिहारमा प्रत्येकको घरमा बत्ती बाली आँगनमा मादलको धुनसहित देउसी–भैलो खेल्ने गरिन्छ ।

रत्यौली र तिहारमा मात्र नभइ पूजाआजा, वर्तबन्धजस्ता चार्डपर्वमा पनि मादल बजाउने गरिन्छ । पोखरा–९ शान्ति वन आमा समूहकी सदस्य ५१ वर्षीया मञ्जु गुरुङले भनिन्–“तालिम लिनु अगाडि पनि मादल बजाउने गथ्यौँ, यसअघि तालबिना नै बजाएका रहेछौँ, तालिम लिएपछि कुन गीतमा कुन ताल दिने हो थाहा भयो । ”

पोखरा–९ चण्डीका आमा समूहकी रचना खवासले दश दिने तालिममा सिकेका कुरा अब व्यवहारमा पनि लागू गर्छैँ, झ्याउरे, रत्यौली, तिजगीत, भजन, देउसी र भैलोमा पनि मादल बजाउन सक्षम भएका छौँ भनिन् । वडा महिला सञ्जालका अध्यक्ष भावना श्रेष्ठले नेपाली संस्कृतिमा मादलको प्रयोग धेरै हुने भएकाले तालिम फलदायी भएको बताइन् ।

तालिममा उनीहरुले मादलको धुनसँगै नाचगानसमेत गरेका थिए । सबैलाई आनन्दित बनाउने र साङ्गीतिक माहोल बनाउने मादल प्रत्येक समूहलाई एकएक वटा वितरण गरिएको छ ।

ग्राहकले खरी भएको मादललाई सबैभन्दा राम्रो मान्ने गर्छन् । मादलको मूल्य रु एक हजार पाँच सयदेखि १४ हजारसम्म पर्ने गर्छ । उक्त तालिमका प्रशिक्षक प्रदीपराज पलले पोखरा पर्यटकीय क्षेत्र भएकाले पनि यहाँ मादलको प्रयोग बढी हुने गरेको चर्चा गरे ।

पोखराका पसलमा राखिने अधिकांश मादल धादिङ, गोर्खा, तनहुँ, पाल्पा तथा पोखराका केही स्थानमा तयार गरिएको बताइएको छ ।

तिहारको समयमा मादल बढी बिक्री हुने गरेको पाइन्छ । मादलमा बनाइएको बुट्टाअनुसार मूल्यमा फरक पर्छ । मादललाई नेपालीको मौलिक बाजा मानिँदै आएको छ । तालिममा सहभागी २५ वटै आमा समूहलाई एक एक वटा मादल प्रदान गर्दै वडाध्यक्ष दीपेन्द्र मर्सानीले भने–“मादल हराउनु भनेको आफ्नो मौलिक बाजागाजा हराउनु हो।” विद्युतीय बाजा ड्रम सेटको प्रयोग बढ्न थालेपछि नेपाली लोक बाजाका रुपमा ख्याति पाएको मादल बजाउनेको अभाव भएको देखेर नै यस्तो तालिम आयोजना गरिएकोे र मादल बनाउन छोडेका नयाँ पुस्तालाई पनि यसप्रति आकर्षण गर्ने लक्ष्य वडाको रहेको भनाइ उनको थियो ।

“नेवार समुदायले मादललाई ‘मगः खीं’ अर्थात् मगरको मादल भन्ने गर्छन् ।” योगा गुरु थमुन श्रेष्ठले भने । मादलका धेरै धुन भए पनि विशेषत झ्याउरे, समला, सङ्गिनी र मारुनी गरी चार धुन बढी प्रयोगमा आउने गरेको जानकारी प्रशिक्षक पलले जानकारी दिए ।

पूर्वतिर किरात समुदायले हुर्रा नाचमा बजाउने मादल ठूलो हुन्छ । मारुनी नाचमा बजाइने मृदंगजस्तो हुन्छ । पश्चिम क्षेत्रमा थारु समुदायले बजाउने फरक शैलीको हुन्छ । दाङ, कैलालीलगायत जिल्लामा नाच्दै थारु समुदायले मादल बजाउँछन् । रोल्पा, रुकुममा फरक किसिमको मादल बजाइन्छ भने कास्की, गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, पर्वतमा घाटु, नचहरि, कृष्ण चरित्र, मध्यपश्चिम तथा पूर्वाञ्चलमा मारुनी र हुर्रा नाचका गीतमा ठूलो मादल बजाइन्छ । मादलको तालले नचाच्ने मान्छेलाई पनि नाचुँ–नाचुँ बनाइदिन्छ । यसको तालले गीत सङ्गीतलाई जीवन्त राख्ने प्रशिक्षक पलले बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव

काठमाडौं । खेती गर्ने समयमा यो वर्ष पनि किसानले मल अभाव झेल्नुपरेको छ । बर्खे धान रोपाइँ र मकै खेतीका

हेवा खोलामा बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु

पाँचथर । पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु भएको छ। मेची राजमार्गस्थित पाँचथरको

अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा

कञ्चनपुर । बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । गर्मीका कारण शिक्षक, विद्यार्थी

म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा

म्याग्दी । मालिका गाउँपालिका–३ पात्लेमा ‘एक घर, एक धारा’ को सुविधा पुगेको छ । ६५ लाख ५७ हजार दुई सय

म्याग्दीको डाडागाउँमा ‘एक घर, एक धारा’

म्याग्दी । मालिका गाउँपालिका–३ मा एक करोड १० लाखको लागतमा निर्माण भएको डाडागाउँ बोक्रे खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनाबाट दुई

अमेरिकामा नेपाली आप्रवासीलाई दिँदै आएको टीपीएस सुविधा खारेज

एजेन्सी । अमेरिकी ट्रम्प प्रशासनले नेपाली आप्रवासीलाई दिँदै आएको टेम्पररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) सुविधा २०२५ अगस्ट ५ मा अन्त्य हुने

Techie IT