Techie IT
२०८१ साउन ११, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालरुखबाट लडेर गम्भिर बालकको नेपाल मेडिकल कलेजमा सफल उपचार

रुखबाट लडेर गम्भिर बालकको नेपाल मेडिकल कलेजमा सफल उपचार


काठमाडौँ । रुखबाट लडेर गम्भिर एक बालकको नेपाल मेडिकल कलेजका चिकित्सकहरुले ज्यान बचाएका छन् । घाँस काट्दा रुखबाट झरेर गम्भिर भएका सिन्धुली घ्यामलेक–२ का १४ वर्षीय बालक युजेन्द्र वाइवाको नेपाल मेडिकल कलेजका चिकित्सकले अप्रेसन गरी ज्यान बचाएका हुन् ।

गत चैत्र ३ गते बिहान रुखबाट घाँस काट्ने क्रममा उनी झरेका थिए । बाह्य चोट नदेखिए पनि शरीरको भित्री भाग छातीमा अत्याधिक पिडा भएपछि उनलाई परीवारले स्वास्थ्य चौकी लगी दुखाई कम गर्ने पेन किलर दिएका थिए । तर, उनको दुखाई झन बढ्दै गयो । त्यसपछि जिल्ला अस्पताल सिन्धुली पुर्याएर एक्सरे र भिडियो एक्सरे गरेपछि अस्पतालले उपचार गर्न नसक्ने भन्यो । ‘विहान ९ बजेतिर लडेको थियो । दुखाई कम गर्ने औषधीले काम नगरेपछि सिन्धुली अस्पताल लग्यौं । त्यहाँ एक्सरे, भिडियो एक्सरे गरेर हेर्दा डाक्टरले यहाँ उपचार हुन सक्दैन काठमाडौं लग्नु भने, त्यसपछि रातीको साँढे ११ बजे नेपाल मेडिकल कलेज आइपुग्यौं । त्यतिञ्जेल छोराको अवस्था नाजुक भइसकेको थियो । धन्न डाक्टर सावहरुले बचाउन सक्नुभयो ।’ बुबा शम्भु वाइवाले भने ।

अस्पतालका चिकित्सकका अनुसार घाइते बालकको कलेजोमा चोट लागेर अत्याधिक रक्तश्राव भइरहेको थियो । शरीरका अन्य भागमा कुनै चोट नदेखिए पनि कलेजोमा चोट लागेका कारण आन्तरिक रक्तश्राव भएकोले अवस्था गम्भिर बनेको कलेजकी बालरोग सर्जन डाक्टर ज्यास्मिन बज्राचार्यले बताए। ‘आउँदा खेरी बच्चा हिँडेरै आएको हो । तर, उसको अवस्था जटिल नै थियो । बाहिरबाट हेर्दा कलेजोमा अफ्टेरो देखिएको थियो । त्यसपछि सिटी स्क्यान गराउन लग्यौं । सिटी स्क्यान गराउँदा गराउँदै बच्चा सडेन कोल्याप्स भयो । त्यसपछि हतारहतार इमरजेन्सीमा ल्याएर सिपिआरबाट रिकभर गरेर आइसियूमा भर्ना गर्यौं ।’ आइसियूमा राखेपनि भोलीपल्ट पुनः त्यस्तै अवस्था भएपछि तत्काल अप्रेसन गर्न सक्ने अवस्था नबनेको डा. ज्यास्मिनको भनाई छ ।

आइसियूमा पुनः सिपिआर गरेर ९ पोका रगत चढाएपछि बच्चाको अवस्था केही सामान्य भएको थियो । त्यसपछि ग्यास्ट्रोइन्ट्रोलोजी विभागका डाक्टर नविन पोखरेलको सहयोगमा अस्पताल भर्ना भएको तेश्रो दिनमा अप्रेसन गरेर हेर्दा बच्चाको पेटभित्र करिब ३ लिटर रगत जम्मा भएको पाइएको थियो । ‘अप्रेसन गरेर हेर्दा बच्चाको कलेजो पुरै खराब अवस्थामा थियो । तर, राम्रो कुरा के थियो भने २, ३ दिनदेखि जुन ठाउँबाट रगत चुहिएको थियो त्यहाँ रगत जमेको कारण रगत धेरै बग्न पाएको रहेनछ । हामीले पेटबाट ३ लिटर जति रगत निकाल्यौं ।’ ७ दिन आइसियूमा राखेपछि बच्चाको स्वास्थ्यमा क्रमिक सुधार आएको डा. बज्राचार्यको भनाई छ ।

सामान्यतया लडेर भित्री चोटहरु लाग्दा २४ घण्टाभित्र शल्यक्रिया गर्न सकिएन भने ज्यानै जानसक्ने अवस्था हुन्छ । युजेन्द्रको भने ३ दिनपछि मात्र अप्रेसन भयोे । युजेन्द्रको शारीरिक बनौट बयस्ककै हाराहारीमा भइसकेकाले बचाउन सहज भएको डा. बज्राचार्यको भनाई छ । ‘उसको भाग्य बलियो रहेछ । ३ दिनपछि अप्रेसन गरेर बचाउन सक्यौं ।’ डा. बज्राचार्यले भने ।

कलेजले १९ औं दिन आइतबार बच्चालाई डिस्चार्ज गरेको छ । बच्चा युजेन्द्रको अप्रेसन तथा उपचारमा डा. नविन, डा. प्रकाश, डा. चन्द्रिका, एनेस्थेसिया विभागका डा. निर्मल, रेजिडेन्ट डाक्टर, आइसियू, त्रिटिकल केयरका डाक्टर, नर्स, कर्मचारीहरुले सहयोग गरेका थिए ।

माया मारिसकेको छोरालाई अस्पतालले बचाइदिएकोमा बुबा शम्भु अस्पताल र त्यहाँ कार्यरत डाक्टर नर्स प्रति नतमस्तक छन् । ‘उहाँहरुले हामी बचाउँछौं चिन्ता नगर्नुस भनेपनि उसको हालत देखेर छोरा फर्केला र ! भन्नेमा थिए । तर, उहाँहरुले धेरै मेहनत गरेर बचाइदिनु भयो । म नेपाल मेडिकल कलेज र डाक्टर सावहरुलाई धन्यवाद दिन्छु ।’ आइतबार छोरालाई डिस्चार्ज गरेर लैजाँदै गर्दा बुबा शम्भुले भने ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दोलखाको भीमेश्वर मन्दिरमा राष्ट्रपतिको क्षमा पूजा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट दोलखाको भीमेश्वर मन्दिरमा क्षमा पूजा गरिएको छ । राष्ट्रपति पौडेलले संकल्प गरी पठाएको सामग्रीबाट

मौद्रिक नीतिः वैदेशिक रोजगारमा जानेलाई बिनाधितो ऋण उपलब्ध गराइने

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारमा जानेहरुका लागि बिनाधितो कर्जा उपलब्ध गराउने

मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति

संक्रमणकालीन न्यायको विषयमा कार्यदल सहमति नजिक

काठमाडौँ । संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा सहमति जुटाउन गठित कार्यदलको बैठक सकिएको छ । शुक्रबार सिंहदरबारस्थित गृह मन्त्रालयमा सम्पन्न

कोसीमा माओवादीका मन्त्रीले आज राजीनामा दिने

विराटनगर । कोसी प्रदेशमा नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले सरकार छाड्ने भएका छन् । उनीहरूले शुक्रबार अपराह्नसम्म मुख्यमन्त्री हिक्मत कार्कीसमक्ष राजीनामा

मौद्रिक नीति सवा १२ बजे सार्वजनिक हुने

काठमाडौँ । नेपाल राष्ट्र बैंक सञ्चालक समितिले आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीति पारित गरेको छ । शुक्रबार बिहान बसेको

Techie IT