Techie IT
२०८२ असोज २, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालचक्रपथ विस्तारको लागि चिनियाँ पक्षले ‘प्रिलिमिनरी डिजाइन’को खाका पठायो

चक्रपथ विस्तारको लागि चिनियाँ पक्षले ‘प्रिलिमिनरी डिजाइन’को खाका पठायो


काठमाडौँ। चिनियाँ पक्षले कलंकी–महाराजगन्ज चक्रपथ विस्तारको लागि ‘प्रिलिमिनरी डिजाइन’को खाका नेपाललाई पठाएको छ ।

नेपाल सरकारले ‘साइट क्लियरेन्स’ गर्न थालेको ५ वर्ष पुगिसक्दा बल्ल डिजाइनको खाका आदानप्रदान भएको हो ।

चिनियाँ अनुदानमा बन्ने आयोजना लामो समय साइट क्लियरेन्स नभएको भन्दै सुरु नै हुनसकेको थिएन । तर चिनियाँले नै चक्रपथ विस्तारको लागि बजेट विनियोजन नगर्दा लामो समय अन्योल रहेको थियो। अहिले चीनले चक्रपथ विस्तारको लागि बजेट छुट्याइसकेको बताइएको छ ।

‘चीनले चक्रपथ विस्तारको लागि बजेट छुट्याइसकेको सुनेका छौँ’, चक्रपथ विस्तार सुधार आयोजना प्रमुख कृष्णनाथ ओझाले भने, ‘चीनबाट आयोजनालाई गति दिने पत्र पनि आएको छ । जसमा प्रिलिमिनरी डिजाइनको विषय छ ।’

उनका अनुसार सडकको कुन ठाउँमा पुल, कल्भर्ट हुने विषयमा जानकारीसहितको पत्र पठाइएको छ। चिनियाँ पक्षले विस्तृत परियोजना प्रतिवेदन भने अझै तयार गरेको छैन ।

‘अहिले कुन ठाउँमा कस्तो संरचना बनाउने भन्ने विषयमा जानकारी गराएको छ’, ओझाले भने, ‘त्यसमा हामीले जवाफ पठाएपछि मात्रै विस्तृत परियोजना प्रतिवेदन तयार गर्छ ।’

दोस्रो खण्डमा आठ दशमलव दुई किलोमिटर सडक छ । सम्झौता सन् २०१८ मा भए पनि कोभिडलगायत कारण चीनले नै डिजाइन गर्नुपर्ने हुँदा टोली आउन नसकेकाले रोकिएको काम पनि पूरा हुन नसकेको कारण देखाइँदै आएको छ ।

आठ लेनको सडकमा मुख्य लेन चीनको अनुदानमा चिनियाँ पक्षले नै बनाउनेछ ।

साइड लेन र ढलको काम नेपालले गर्नुपर्छ। जसको ठेक्का समेत लागिसकेर काम भइरहेको छ ।

२०७९ फागुनमा चक्रपथको दोस्रो चरणको विस्तारमा ढिलाइ भएसँगै चिनियाँ राजदूतसहितको टोली निरीक्षणको लागि पुगेको थियो । तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ राजदूत छन सोङ, काठमाडौंका मेयर बालेन्द्र शाह, विद्युत् प्राधिकरणका कुलमान घिसिङलगायतसँगै निरीक्षण गरी तत्काल काम सुरु हुने बताएका थिए ।

चिनियाँ पक्षले साइट क्लियरेन्स नभएको भन्दै काम सुरु गरेको थिएन । नेपाल सरकारले रुख कटान, विद्युतका पोल सार्ने, ढलको व्यवस्थापनका काम सकाएको छ ।

तर स्वयम्भूलगायत ठाउँमा संरचना नहटाई सडक निर्माण गर्ने सहमति भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका वैदेशिक महाशाखा समन्वय महाशाखा प्रमुख भीमार्जुन अधिकारीले चिनियाँ पक्ष रसुवागढी सडक र चक्रपथ विस्तारमा सकारात्मक देखिएको बताए ।

‘चिनियाँ राजदूतसहितको टोली नै मन्त्रालयमा आएर छिट्टै काम अघि बढ्ने बताउनुभएको छ’, अधिकारीले भने, ‘उत्तरी नाकाको महत्त्वपूर्ण मानिने रसुवागढी सडक सुधारको काम छिट्टै गर्ने पत्र आएको छ ।’

हाल चिनियाँ नाकासम्म ठूला कन्टेनर आए पनि नेपालतर्फको सडक साँघुरो हुँदा ठूला ट्रकलाई अप्ठ्यारो हुँदै आएको छ । चक्रपथ र रसुवागढी दुवै सडक चिनियाँ अनुदानमै बन्न लागेका हुन् ।

गत फागुन ३० गते काठमाडौं महानगरका मेयर बालेन शाहले चक्रपथ विस्तार ढिलाइ भएको भन्दै चिनियाँ सम्बन्धित पक्षमाथि प्रश्न उठाएका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT