Techie IT
२०८२ भदौ ३०, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालमहिलाहरुको लागि उद्घोेषण सम्बन्धी तालिम

महिलाहरुको लागि उद्घोेषण सम्बन्धी तालिम


बागलुङ । गलकोट नगरपालिका ४ ओखरबोटमा महिलाहरुलाई दुई दिने उद्घोषण सम्बन्धी तालिम प्रदान गरिएको छ ।

प्राप्ती महिला सञ्जालको आयोजनामा महिला जनप्रतिनिधि सहित वडा भित्रका महिलाहरुका लागि बोल्ने सिप र कलाको विकास र नेतृत्व विकासको लागि २ दिने उद्घोषण तालिम प्रदान गरिएको हो ।

वडाका महिला जनप्रतिनिधि र अन्य महिला दिदिबहिनीहरुलाई उद्घोषण कला सिकाउँदै आफ्नो मनको कुरा बाहिर ल्याउन सक्ने बनाउनको लागि तालिमको आयोजना गरिएको गलकोट नगरपालिका ४ का कार्यवहाक वडा अध्यक्ष कृष्ण बहादुर भण्डारीले बताए ।

महिलाहरु सार्वजनिक कार्यक्रममा बोल्न लजाउने, डर मान्ने जस्ता कारण पछाडी परेकाले यो तालिम अतिनै आवश्यक रहेको कुरामा जोड दिए । कार्य वहाक वडा अध्यक्ष भण्डारीले आगामी दिनमा पनि महिलाहरुका लागि विभिन्न सिपमुलक तालिम तथा क्षमता विकासका कार्यक्रम ल्याईने बताए ।

तालिममा सहभागी महिलाहरुले भोलीका दिनमा तालिममा सिकेका कुराहरु व्यवहारमा लागु गरि अन्य कार्यक्रमहरुमा सदुपयोग गर्न आग्रह गरे । उनले उद्घोषण तालिमले महिलाहरुमा निडरता नेतृत्वदायी क्षमताको अभिवृद्वि गर्न सहयोग पुगेको उल्लेख गरे ।

तालिमले क्षमता हुँदाहुँदै पनि बोल्न नसकेका महिलालाई निडर र आत्मविश्वास बढाउँदै उदघोषण कलामा दक्षता हाँसिल गर्न सहज पुग्ने सहभागी महिलाले बताए उनीहरुले संस्थामा नेतृत्वदायी भुमिका निर्वाह गर्न र आफना हक अधिकारका लागि भएपनि उदघोषण तालिमले धेरै कुरा सिकाएको भन्दै खुसी व्यक्त गरेका छन् । उद्घोण तालिमले आफुलाई धेरै कुरा सिकाएको र अब कुनै पनि कार्यक्रम चलाउँदा वा बोल्दा ढुक्कले बोल्न सक्ने भएको सहभागी मिना खत्री गैरेले बताए ।

२ दिने उदघोषण कला तालिममा उदघोषण कला भनेको के हो ? उदघोषकमा हुनुपर्ने गुणहरु, उदघोषकले गर्न नहुने कुराहरु, ६ क को प्रयोग, बैठक व्यवस्थापन, माईनुट लेखन, संस्थामा सदस्यता प्रकार, कार्यक्रमका प्रकृति लगायतका विषयमा
सामुदायिक रेडियो गलकोट एफ एमका प्राविधिक तथा प्रस्तोता थम्मन थापा सन्देशले सहजीकरण गरेका थिए ।

त्यस्तै तालिमको महत्व, आवश्यकता र व्यवहारिक ज्ञान, सामाजिक संघ संस्थामा महिलाको नेतृत्वदायी भुमिकाको विषयमा समाजसेवी तिर्थ सिंह भण्डारी र हेमराज गैरेले सहजीकरण गरेका थिए ।
कार्यक्रममा सञ्जालका कोषाध्यक्ष ईश्वरी गौतम न्यौपानेले धन्यवाद मन्तव्य ज्ञापन गरेका थिए ।

तालिममा वडा भित्रका ४२ जना महिलाको सहभागिता रहेको थियो । कार्यक्रम प्राप्ती महिला सञ्जालका अध्यक्ष उमा न्यौपानेको अध्यक्षता, उपाध्यक्ष शान्ति चालिसेको स्वागत र सचिव कल्पना भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालय

काठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै

Techie IT