Techie IT
२०८१ जेठ १०, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालआज पनि हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

आज पनि हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना


काठमाडौँ । काठमाडौँ उपत्यकासहित बाग्मती, गण्डकी र कोशी प्रदेशका धेरै ठाउँमा हिजो हावाहुरी र चट्याङसहित वर्षा भएको छ । गएको चौबीस घण्टामा सबैभन्दा धेरै धनकुटामा ३९ मिलिमिटर वर्षा भएको छ ।

बाग्मती, कोशी र गण्डकीका अरु ठाउँमा पनि मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज पनि कोशी, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा दिउँसोपख हावाहुरी र चट्याङसहित पानी पर्ने सम्भावना छ । बाँकी प्रदेशका केही ठाउँमा पनि फाट्टफुट्ट पानी पर्न सक्ने महाशाखाले जनाएको छ ।

अहिले प्रिमनसुनको समय भएकाले दिउँसोपख बदली भएर हावाहुरी र चट्याङसहित पानी पर्ने सम्भावना केही दिनसम्म रहीरहने मौसमविद गोविन्द झाले जानकारी दिए । यसैबीच हिजोको वर्षाले काठमाडौँ उपत्यकाको प्रदूषण घटाएको छ ।

वायुमण्डलमा थुप्रिएको हावाका कणहरुलाई पानीले तल झारेपछि प्रदूषण केही कम हुन थालेको हो । केही दिनयता पानी नपर्दा र हावा नचल्दा काठमाण्डौ विश्वमै सबैभन्दा प्रदूषित बनेको थियो ।

आज बिहान ६ बजे काठमाडौँ उपत्यकाको वायुको गुणस्तर मापन इन्डेक्स (एक्यूआई) १५७ मा झरेको छ । हिजो दिउँसोसम्म एक्यूआई दुई सयभन्दा माथि थियो । एक्यूआई दुई सयभन्दा माथि पुग्नुलाई अत्यन्तै अस्वस्थकर मानिन्छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सम्पदाको निर्माण पुरातन शैलीमा नै गर्नुपर्छ: प्रमुख साह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सम्पदाको निर्माण पुरातन शैलीमा नै गर्नुपर्ने बताएका छन् । बिहीबार काठमाडौँको थायमरुस्थित रत्नकेतु

उजुरी परेकै भरमा सिरोहिया पक्राउ पर्दा व्यवसायीको मनोबल घट्छः निजी…

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउप्रति निजी क्षेत्रका तीन छाता संगठनले सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार

ग्वार्कोमा गाडीको ठक्करबाट युवकको मृत्यु

काठमाडौँ । ललितपुर महानगरपालिका–१७ ग्वार्कोमा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । गएराति १० बजेआसपासको समयमा ग्वार्कोमा

बलात्कार मुद्दामा फरार युवक रोमानियाबाट पक्राउ

काठमाडौँ । बलात्कार मुद्दामा फरार रहेका एक नेपाली रोमानियाबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाउँपालिकाका २४ वर्षीय

बुद्ध जन्मभूमिलाई विश्व शान्ति गन्तव्यका रूपमा विकास गर्छौँः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार बुद्धको विचार, मार्गदर्शन एवं बुद्ध जन्मभूमिलाई विश्व शान्ति र धार्मिक पर्यटक गन्तव्यका

बुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय छ: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मानव जातिको सर्वाङ्गीण हित र शान्तिका लागि बौद्ध दर्शनका प्रवर्तक गौतम बुद्धको त्याग, विचार र

Techie IT