Techie IT
२०८१ मंसीर १६, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालबिभिन्न जिल्लामा भएको आगलागीमा ७० भन्दा धेरै घरगोठ जले

बिभिन्न जिल्लामा भएको आगलागीमा ७० भन्दा धेरै घरगोठ जले


काठमाडौँ । गुल्मी, अर्घाखाँची, नवलपरासीलगायतका जिल्लामा आगलागीका कारण ठूलो क्षति भएको छ । ती क्षेत्रमा ७० भन्दा धेरै घरगोठ जलेका छन् ।

गुल्मीको इस्मा गाउँपालिकामा आगलागीबाट झन्डै ४० वटा घरगोठ जलेका छन् । इस्मा गाउँपालिका वडा नम्बर २ र ४ मा आगलागीले क्षति गरेको हो । आगलागीमा परेर दुईजना घाइते भएका छन् । इस्मा–१ का हिमाल राना र मुसिकोट नगरपालिका–७ का प्रेम राना घाइते भएको र दुवै जनालाई थप उपचारका लागि पाल्पा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी शंकर पोखरेलले बताए । जंगलमा लागेको डढेलो बस्तीमा पसेपछि घर र गोठ जलेको प्रहरीले भनाई छ । डढेलो पूर्णरुपमा नियन्त्रणमा आइसकेको छैन ।

त्यस्तै अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–३ र ४ धारापानीमा पनि आगोले क्षति गरेको छ । भुमिकास्थान नगरपालिका धारापानीको रातामाटा, जाबुनडाडा, बाजाखर्कलगायतका गाउँमा गरी झन्डै २० घरगोठ जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी दिपेन्द्र रावलले जानकारी दिए। आगोले गाउँनै सखाप भएको बाजाखर्कका स्थानीय हरिप्रसाद भुसालले बताए। क्षतिको पूर्ण विवरण आउन बाँकी नै छ ।

त्यस्तै नवलपरासीको विभिन्न १२ ठाउँमा आगलागीको घटना भएको छ । हिजो रामग्राम नगरपालिका, पाल्हिनन्दन गाउँपालिका, सरावल गाउँपालिकामा आगोले क्षति गरेको हो । पाल्हिनन्दन गाउँपालिका–६ पडरीमा अस्ति शुक्रवार भएको आगलागीमा १४ जनाको घरगोठ जलेको थियो । त्यहाँ हिजो फेरी आगो फैलिएको थियो । विभिन्न ठाउँमा लागेको धेरैजसो आगो नियन्त्रणमा लिएको र क्षतिको विवरण संकलन भैरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

लिलावल्लभ अधिकारीलाई उन्मुक्ति दिएको बिरुद्धको रिट निवेदन सर्वाेच्चले दर्ता गर्न…

काठमाडौं । सर्वोच्च अदालतले मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका तत्कालीन मन्त्री तथा कोशी प्रदेश सभा सदस्य लिलावल्लभ अधिकारीलाई मुद्धा

प्रधानमन्त्री ओली सोमबार चीन भ्रमणमा जाँदै

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओली सोमबार चीन प्रस्थान गर्दैछन् । प्रधानमन्त्री ओली चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणमा चीन भ्रमणमा

कीर्तिपुरको २० स्थानमा उत्साहपूर्वक मतदान

काठमाडौं । कीर्तिपुर नगरपालिकाका २० स्थानमा नगरप्रमुख र दुई वडाध्यक्षका लागि उत्साहपूर्वक मतदान जारी छ । मतदान अधिकृत इन्दिरा कार्कीका

दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन म्याद थप्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले अनुसन्धानका

लीलाबल्लभ अधिकारीमाथि मुद्धा नचलाउने निर्णय विरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं । कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लभ अधिकारीलाई मुद्दा नचलाउने निर्णय बदर हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको

पोखराको बाँझो जग्गामा कागतीखेती

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिका ध्रुवपुरका हरिप्रसाद त्रिपाठीले बाँझो जग्गामा यसै वर्ष देखि कागतीखेती शुरु गरेका छन् । गाउँबेँसी एकीकृत

Techie IT