गृहपृष्ठ ∕ नेपाल ∕ कतारका अमिर थानी र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ताकतारका अमिर थानी र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता नेपालीपत्र मंगलबार, २०८१ वैशाख ११ गते, १७:११ मा प्रकाशित नेपाल काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्न शीतलनिवास पुगेका छन् ।अमिर दुईदिने नेपाल भ्रमणको सिलसिलामा उनी मंगलबार काठमाडौँ आइपुगेका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्ष (भीभीआईपी)मा राष्ट्रपति पौडेलले स्वागत गरेका थिए ।स्वागत गरेपछि राष्ट्रपति पौडेल शीतलनिवास फर्किएका थिए । त्यसपछि विमानस्थलबाट कतारका अमिर अल थानी सिधैँ राष्ट्रपतिलाई भेट्न शीतलनिवास गएका हुन् ।नेपाल र कतारबीच सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि कतारबाट नेपालमा भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।राष्ट्रपतिसँग भेटवार्ता सकेपछि कतारका अमिर शीतल निवासबाट सिधैँ आफू बस्ने होटेल सोल्टी जानेछन् । राष्ट्रपति पौडेलले आजै साँझ होटेल सोल्टीमा कतारका अमिरको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन् । #अमिर #कतारग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार बेलायत र रोमानिया पठाइदिने भन्दै ठगी गर्ने २ जना पक्राउकाठमाडाैँ । वैदेशिक रोजगारीमा बेलायत र रोमानिया पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको अपाङ्गता भएका बालबालिकाको अधिकार सुनिश्चित गर्नुपर्छ : उपसभामुख रानाकाठमाडौं । उपसभामुख इन्दिरा राना मगरले अपाङ्गता भएका बालबालिकाको अधिकार सुनिश्चित गर्नुपर्ने बताएकी छन् । राष्ट्रिय बालअधिकार परिषद्ले आज यहाँ महोत्तरीमा विपन्न विद्यार्थीलाई पढाउन विभिन्न सङ्घसंस्थाको सहयोगकाठमाडाैँ । महोत्तरीको बर्दिबासमा रहेका विभिन्न सङ्घसस्थाले विपन्न वर्गका विद्यार्थीलाई सहयोग गरेका छन् । बर्दिबासमा रहेको पद्मशम्शेर स्मृति प्रतिष्ठान र २० वर्ष कैदको फैसला भएका फरार प्रतिवादी १८ वर्षपछि पक्राउरुपन्देही । रुपन्देहीमा १८ वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार एक प्रतिवादी पक्राउ परेका छन् । रुपन्देही साविक सिलौटिया गाविस वडा आलु र भाङको बजारीकरण गर्दै निसीखोला गाउँपालिकाबागलुङ । निसीखोला गाउँपालिकाले स्थानीय जातका आलु र भाङको प्रवर्द्धन र बजारीकरणमा जोड दिन थालेको छ । चालु आर्थिक वर्षदेखि प्रधानमन्त्री ओलीद्वारा आफूले आधारभूत शिक्षा लिएको विद्यालयको भवन उद्घाटनपाँचथर । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले प्रारम्भिक शिक्षा लिएको प्रणामी माध्यमिक विद्यालयको नवनिर्मित भवनको आज उद्घाटन गरेका छन् ।धेरै पढिएका खबर १ चितवनमा बयान सकिए पछि रविलाई राति नै पोखरा पुर्याइयो २ गढीमाई मेलामा बाराका १६ वटै पालिकामा बिदा ३ उपचुनाव अपडेटः ३६ वटा पदको नतिजा सार्वजनिक ४ कर्णाली याक्समाथि जनकपुर बोल्ट्सको शानदार जित ५ जनताले दिएको मत जनादेशका रूपमा लिन्छौंः प्रचण्ड ६ सभापति लामिछानेको निजी डायरी हिरासतबाटै गायब गरिएको रास्वपाको आरोप ७ एक करोडभन्दा बढीको सुन, चाँदी र विदेशी मुद्रासहित कैलालीबाट तीन जना पक्राउThe Film Nepal