Techie IT
२०८२ भदौ २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालराष्ट्रिय सभा सदस्य शाक्यद्वारा शपथ ग्रहण

राष्ट्रिय सभा सदस्य शाक्यद्वारा शपथ ग्रहण


काठमाडौँ । राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्यले शपथग्रहण गरेकी छिन् ।

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालबाट आइतवार सिंहदरबारमा एक समारोहका बीच पूर्वराजदुत समेत रहेकी डा. शाक्यले पद तथा गोपनियताको शपथ ग्रहण गरेकी हुन् । शाक्यलाई मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख ६ गते राष्ट्रिय सभाको सदस्य पदमा मनोनित गरेका थिए ।

त्यसलगत्तै सांसद शाक्यलाई सांसदको लोगो हस्तातरण गर्दै राष्ट्रिय सभाका अध्यक्ष दाहालले बधाई दिनुभएको थियो । त्यस अवसरमा राष्ट्रिय सभाका सांसदहरु र संसद सचिवालयका कर्मचारीहरुले पनि उनलाई बधाई दिएका थिए । शपथ ग्रणगलत्तै सांसद शाक्यले देश र जनताको हितमा इमान्दारिताका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले राष्ट्रिय सभाको गरिमा उँचाइमा पु¥याउन पनि आफूले सक्दो पहल गर्ने बताए ।

सांसद शाक्यले भने, ‘अब मेरो भुमिका भनेको मैले खास काम गर्ने भनेको देश र जनताको लागि हो । त्यसैले मेरो भुमिका इमान्दारिताका साथ बफादार रहेर देश र जनताको लागि मेरो आजदेखिको सम्पूर्ण काम समर्पित गर्न चाहन्छु । राष्ट्रियसभाको गरिमालाई उँचाइमा पुर्‍याउनका लागि जे जस्ता काम पनि मैले वफादार भएर इमान्दारिताका साथ काम गर्नेछु । ’

एमाले विदेश विभाग सदस्य शाक्यले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा राष्ट्रिय योजना आयोगको सदस्यको जिम्मेवारी समेत पाएका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालय

काठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै

कोरिया जान १ लाख ३ हजार आवेदन

काठमाडौं । सन् २०२५ मा रोजगार अनुमति प्रणाली इपिएस मार्फत दक्षिण कोरिया जानका लागि एक लाख तीन हजार जनाको आवेदन

Techie IT