Techie IT
२०८२ असोज २, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालसंसद् प्रेसमैत्री कानुन निर्माण गर्न प्रतिबद्ध छ: सभामुख घिमिरे

संसद् प्रेसमैत्री कानुन निर्माण गर्न प्रतिबद्ध छ: सभामुख घिमिरे


काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपाली संसद् प्रेसमैत्री कानुन निर्माण गर्न, पत्रकारको पेसागत सुरक्षा गर्न र अभिव्यक्ति स्वतन्त्रताविरुद्धका गतिविधिलाई निरुत्साहित गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

विश्व प्रेस स्वतन्त्रता दिवस–२०८१ को अवसरमा आज प्रेस विज्ञप्ति जारी गर्दै उनले प्रेस स्वतन्त्रता दिवसले संवैधानिक हक, अधिकारको संरक्षण गर्दै व्यवहारिक चुनौती सामना गर्न प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गरेका छन् ।

“राजनीतिक आन्दोलन सकिएसँगै नेपाली प्रेसले सुशासन, विकास र समृद्धितर्फका गतिविधिलाई प्रोत्साहित र प्रवद्र्धन गर्नेतर्फ लाग्नुपर्दछ”, शुभकामना सन्देशमा भनिएको छ, “प्रेसलाई बलियो बनाउने, सबल र सक्षम बनाउने दायित्वबाट सरकार समेत पछि हट्नु हुँदैन ।”

नेपालको संविधानले व्यक्ति स्वतन्त्रता, सूचनाको हक, प्रेस तथा प्रकाशनको हक प्रत्याभूत गरेको उनको भनाइ छ । लोकतन्त्रमा प्रेसको भूमिका सूचना सम्प्रेषणमा मात्रै सीमित नभई लोकतन्त्रको प्रवद्र्धन र सुशासन प्रत्याभूमिका लागि अपेक्षित रहने उल्लेख गर्दै लोकतन्त्रको स्वास्थ्यका लागि पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको पहुँच आवश्यक भएको उनले बताए ।

“नागरिकलाई अज्ञानता र गलत सूचनाबाट रोक्ने, सुसूचित गर्ने र तथ्यपरक सूचना प्रवाह गर्ने दायित्व सञ्चारजगतको नै हो”, सन्देशमा भनिएको छ, “सरकार तथा जनप्रतिनिधिलाई समेत खबरदारी गर्दै जनसरोकारका मुद्दामा उत्तरदायित्वप्रति सचेत गराउने काम पनि सञ्चार क्षेत्रको प्रमुख रहन्छ, सरकार र नागरिक समाजका सबै पक्षबीच मध्यस्तथता गर्ने माध्यमको रुपमा प्रेसको भूमिका रहन्छ ।”

नेपाली प्रेस लोकतन्त्र प्राप्ति र लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण सहयात्री भएको र लोकतन्त्र र सञ्चार जगत् एक अर्काका पूरक र सहयोगी रहेको सन्देशमा भनिएको छ । लोकतन्त्रमा मात्रै सञ्चार क्षेत्रको विकास एवं प्रवर्द्धन सम्भव भएको बताएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT