गृहपृष्ठ ∕
नेपाल ∕
भक्तपुरको एक उद्योगमा आगलागी हुँदा २ जना घाइते, करिब २ करोडको क्षति भक्तपुरको एक उद्योगमा आगलागी हुँदा २ जना घाइते, करिब २ करोडको क्षति
काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका २ दुवाकोटस्थित एक प्लाई कार्पेट कारखानामा आगलागी हुँदा करिब २ करोडको क्षति भएको छ । आगलागीमा परेर दुईजना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर रहेको छ ।
शनिबार राति सन्तोषमान श्रेष्ठको ज्योति प्लाई कार्पेट कारखानामा आगलागी भएको हो । आगलागीको जानकारी पाउनासाथ पुगेको भक्तपुर, काठमाडौँ, ललितपुर र काभ्रेका ७ वटा दमकलले आगो निभाएका थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरीको परिचालित टोली र स्थानीयको प्रयासपछि बिहान ४ बजे आगो नियन्त्रणमा लिइएको भक्तपुर प्रहरीले जनाएको छ ।
आगलागीबाट रामेछापको लिखु तामाकोशी गाउँपालिका–६ घर भई हाल भक्तपुरको दुवाकोट बस्ने २३ वर्षीय बुद्धनारायण श्रेष्ठ सामान्य घाइते भएका छन् भने भारत घर भएका उद्योगमा काम गर्ने २९ वर्षका मनु उर्वा गम्भीर घाइते भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । उनलाई सुरुमा उपचारार्थ भक्तपुरको डा इवामुरा अस्पताल लगिएको थियो भने पछि थप उपचारका लागि कीर्तिपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
आगलागीको कारण खुल्न नसकेको प्रहरीको भनाइ छ । झण्डै २ करोड रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । दाङको राजपुर गाउँपालिका–७ को डगमरामा अत्याधुनिक सामुदायिक स्वास्थ्य इकाइ तथा बर्थिङ सेन्टर स्थापना गरिएको छ । राजपुर गाउँपालिका
काठमाडौँ । आज अन्तर्राष्ट्रिय खुसियाली दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घ महासभाले सन् २०१२ जुलाई १२ मा
बैतडी । दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित सिल्लेगडा बर्थिङ एकाइमा बेबी वार्मर (नवजात शिशु तापक्रम नियन्त्रक) उपलब्ध गराइएको छ । ज्योती विकास
काठमाडाैँ । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को सबै तयारी पूरा भएको रष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ
भोजपुर । बाँदरको समस्याका कारण भोजपुर मानेभञ्याङका स्थानीयले गाउँ छाड्दा बस्ती नै खण्डहरमा परिणत भएको छ । रामप्रसादराई गाउँपालिका–५ पर्ने
काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका–७ गौतम गाउँमा एउटा घरमा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय