Techie IT
२०८१ जेठ १३, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालचोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेपछि…

चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेपछि…


काठमाडौँ । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ ।

चोरी गर्न गएका फिदिम नगरपालिका–१ का २८ वर्षीय सुरेन्द्र योङ्याले एक तोला सुन निलेका हुन् । उक्त सुन निलेको ३६ घण्टापछि दिसाबाट बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय, पाँचथरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुमित कुशवाहाका अनुसार योङ्या गत चैत २८ गते योङ्या फिदिम–२ की विष्णुकुमारी तामाङको घरमा चोरी गर्न पसेका थिए ।

परिवारका सदस्यले योङ्याले सुनका गरगहना भएको स्टिलको दराजबाट सामग्री निकाल्दै गरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । तत्कालै पुगेको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको थियो । यस क्रममा योङ्याको साथबाट रु १५ हजार नगद बरामद गरिएको थियो ।

तामाङका गरगहनामध्ये एक तोलाको सुन फेला परेन । चोरी गर्न गएका योङ्याले उक्त सुन निलेको आशंकापछि जिल्ला अस्पताल, फिदिममा एक्सरे गरिएको थियो ।

एक्स–रे गर्दा योङ्याको पेटमा धातु देखिएको थियो । ‘निलेको करिब ३६ घण्टापछि दिसाबाट उक्त सुन निकालिएको थियो,’ सूचना अधिकारी कुशवाहाले भने । उक्त सुन प्रहरीले फिदिमकै सुनचाँदी पसलमा परीक्षण गराएको थियो ।

गत चैत २८ गते भएको उक्त घटनापछि चोरीसम्बन्धी सबै अनुसन्धान पूरा गरी जिल्ला प्रहरी कार्यालय, पाँचथरले योङ्याविरुद्ध जिल्ला अदालत पाँचथरमा मुद्दा दायर गरेको थियो ।

जिल्ला अदालतले गत वैशाख २३ गते प्रतिवादी योङ्यालाई रु एक लाख ५० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । तर धरौटी रकम जम्मा गर्न नसपछि उनलाई पुर्पक्षका लागि जिल्ला कारागार पाँचथरमा थुनामा पठाइएको सूचना अधिकारी कुशवाहाले बताए । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मन्त्री महासेठलाई उपहार भन्दै मेयर साहले पठाए एक ट्रक धूलो

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई धूलो उपहार पठाएका छन् । विगत

छानबिन समितिको कार्यादेश टुंगो लगाउन शीर्ष नेताहरुको बैठक बस्दै

काठमाडौँ । सहकारीको बचत हिनामिना प्रकरण छानबिनका लागि गठन गरिने संसदीय छानविन समितिको कार्यादेश टुंगो लगाउन आज प्रमुख राजनीतिक दलका

प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची

काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ

कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ । शुक्रबार

नेपालमा कोभिड–१९ को नयाँ ‘सब भेरियन्ट’ पुष्टि

काठमाडौँ । नेपालमा कोभिड–१९ को नयाँ ‘सब भेरियन्ट’ केपी पुष्टि भएको छ । गत दुई महिनायता देशभर कोभिड –१९ पुष्टि

जीबी राईको राहदानी रद्द गर्न नमिल्ने विभागको ठहर

काठमाडौँ । राहदानी विभागले विभिन्न सहकारीको अर्बौं रकम घोटालामा गरेर भागेका फरार जिबी राईको राहदानी रोक्का वा रद्द गर्न नमिल्ने

Techie IT