Techie IT
२०८२ असार २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालकोशीमा संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको आह्वान

कोशीमा संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको आह्वान


विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।

वर्तमान मुख्यमन्त्री केदार कार्कीले अल्पमतमा परेको ३० दिन भित्र विश्वासको मत नलिएपछि प्रदेश प्रमुखले सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा ५ अनुसार बुधबार मध्यरातमा नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् । सरकार दाबी गर्नका लागि २८ बैशाखसम्मको समय दिइएको छ ।

२७ असोजमा कांग्रेसका आठ सांसदसहित विद्रोह गरेका केदार कार्की एमालेका ३९ जना सांसदको समर्थनमा उपधारा ५ अनुसार नै मुख्यमन्त्री नियुक्त भएका थिए ।

केन्द्रीय सत्तासमीकरण फेरिएपछि अल्पमतमा परेका मुख्यमन्त्री कार्की राजीनामा नदिने र विश्वासको मत नलिने अडानमा बसे । तर कार्की अल्पतमा परेको ३० दिनपछि महान्यायाधिवक्तासँग राय मागेर प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठनको आह्वान गरे । नयाँ सरकार गठनको आह्वान गर्दा प्रदेशसभाले पास गरेको संकल्प प्रस्तावलाई आधार मानिएको छ ।

सरकार गठनको आह्वान भएपछि एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा एमाले संसदीय दलका नेता हिक्कमतकुमार कार्कीले दाबी पेश गर्ने तयारी गरेका छन् । भोलि दाबी पेश गर्ने तयारी भएको माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । एमाले (४०) माओवादी केन्द्र (१३)सँग ५३ जना सांसद छन् । उपसभामुख सृजना दनुवारलाई एमालेले सरकार गठनका लागि संख्या गणना गरेको छैन ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी

काठमाडौं । सरकारले यस वर्ष नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

Techie IT