Techie IT
२०८१ असार १०, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालकञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै

कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै


कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१२ भएर बग्ने वनहरा नदीमा रु २५ करोडको लागतमा मोटरेबल पक्की पुल निर्माण थालिएको छ । निर्माणको ठेक्का सम्झौता भएको दुई वर्षपछि मात्र काम सुरु भएको हो ।

“सम्झौताअनुसार तीन वर्षभित्र पुल निर्माण गर्नुपर्ने हो”, निर्माणमा संलग्न इन्जिनियर विकास श्रेष्ठले भने, “ ठेक्काको समयावधि सकिन एक वर्ष बाँकी छ, एक वर्षभित्र जिम्मेवारी पूरा गर्ने लक्ष्यका साथ काम गरिरहेकाका छौँ ।” पिलर ठड्याउन पाइलिङ भइरहेको तथा बर्खाअगावै पिलर खडा गरिसक्ने उनले बताए।

स्थानीय दुग्ध व्यवसायी शिवचरण रानाले वर्षात्का बेला नदी तर्न नसकेर कलुवापुर हुँदै धनगढी जानुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनले पुल निर्माणपछि छोटो बाटोबाट एक घण्टाआगावै धनगढी पुग्न सकिने बताए।

वडाध्यक्ष नवलसिंह रानाले नदीमा रहेको झोलुङ्गे पुल दुई वर्षअघिको बाढीमा क्षतिग्रस्त भएपछि तिलकी, दुवाहा र दमलपट्टिका बासिन्दालाई नदी तर्न निकै सास्ती खेप्नुपर्ने अवस्था रहेको बताए ।

“नदीमा बनाइएको अस्थायी पुलमा शुल्क तिरेर स्थानीय आउजाउ गर्दै आएका थिए, बर्खामा जोखिम मोल्दै नदी तर्नुपर्ने बाध्यता थियो, पुल बनेपछि त्यो समाप्त हुनेछ ।” पुल निर्माणका लागि लामो समयदेखि गरेको प्रयास सफल भएकामा खुशी व्यक्त गर्दै उनले भने ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पूर्वी नवलपरासीमा गोहीको आक्रमणबाट एक जनाको मृत्यु

चितवन । पूर्वी नवलपरासीमा गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । सोमबार बिहान मध्यविन्दु नगरपालिका वडा नम्बर २ स्थित

तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक राष्ट्रिय सभामा दर्ता

काठमाडौँ । तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक राष्ट्रिय सभामा दर्ता भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले आज

चट्याङ लागेर बर्दियामा एक जनाको मृत्यु

रुपन्देही । बर्दियामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । गेरुवा गाउँपालिका– ३ गणेशपुरस्थित खेत जोतिरहेका समयमा चट्याङ लाग्दा

मेलम्ची खानेपानी आजदेखि बन्द

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आजदेखि बन्द गर्न लागेको छ । मेलम्ची

चीनका उपविदेशमन्त्री सुन वेइदोङ काठमाडौँमा

काठमाडौँ । चीनका उपविदेशमन्त्री सुन वेइदोङ तीनदिने नेपाल भ्रमणको सिलसिलामा सोमबार बिहान काठमाडौँ आइपुगेका छन् । उनी नेपाल–चीन कूटनीतिक परामर्श

पेस्तोलसहित रौतहटबाट एक भारतीय पक्राउ

काठमाडौँ । रौतहटमा सशस्त्र प्रहरीले पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ । गौर नगरपालिका–२ महादेवपट्टीस्थित सीमा इलाकाबाट सोमबार बिहान सशस्त्र प्रहरीले

Techie IT