Techie IT
२०८२ साउन ३०, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालपर्वतीय समुदायमा जलवायु परिवर्तनले पारेको प्रभाव न्यूनीकरणका लागि तत्काल कदम चाल्नुपर्छ: प्रधानमन्त्री

पर्वतीय समुदायमा जलवायु परिवर्तनले पारेको प्रभाव न्यूनीकरणका लागि तत्काल कदम चाल्नुपर्छ: प्रधानमन्त्री


काठमाडौँ । हिमालमा जलवायु परिवर्तनले गरेको असरका मुद्दा अन्तर्राष्ट्रिय रूपमा आफ्नो नेतृत्वसहित स्थापित गर्न नेपालले आयोजना गरेको हिमाल, मानव र जलवायु परिवर्तन केन्द्रित अन्तर्राष्ट्रिय संवाद शुरु भएको छ ।

नेपालका हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिने स्थल काठमाडौँको चन्द्रागिरिमा भोलिसम्म हुने दुई दिने अन्तर्राष्ट्रिय संवादको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज उद्घाटन गरेका हुन् ।

कार्यक्रममा प्रधानमन्त्रीले जलवायु परिवर्तनका कारण पर्वतीय समुदायमा पारेको प्रभाव न्यूनीकरणका लागि तत्काल कदम चाल्नुपर्ने बताएका छन् । उनले पर्वतीय समुदाय र उनीहरूले प्रदान गर्ने पारिस्थितिकीय सेवामा प्रभावका बारेमा बढ्दो चिन्ता र चासो समाधान गर्न एकीकृत पर्वतीय आवाजको तत्काल सम्बोधन हुनुपर्ने बताएका हुन् ।

सम्मेलनमा विभिन्न देशका ६१ विदेशी विज्ञ तथा पाहुनाको सहभागिता रहेको वन तथा वातावरण मन्त्रालयले जनाएको छ । वन मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायुले हिमालमा पारेको विषयलाई महत्त्वका साथ उठाउँदै आएको र अब नेपालले हिमालका मुद्दामा नेतृत्व लिएर यो विषयलाई अन्तर्राष्ट्रिय रूपमै संस्थागत गर्न संवाद महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

विकसित देशले गरेको उच्च कार्बन उत्सर्जनको परिणामस्वरूप नेपालका हिमालमा हिमस्खलन बढेको छ । हिउँ पग्लेर बगेको पानी समुद्रमा पुग्दा त्यसको सतह बढेर बङ्गलादेश, माल्दिभ्सलगायतका टापु राष्ट्रहरूको अस्तित्व सङ्कटमा पर्दै गएको सम्मेलनका संयोजक डा. महेश्वर ढकालले बताए ।

प्रधानमन्त्रीका जलवायु विज्ञ डा. पुपलर जेण्टलले यो संवादलाई जलवायु परिवर्तनले हिमाली क्षेत्रमा परेको जोखिमबारे छलफल गर्न सशक्त मञ्चका रूपमा स्थापित गरिने बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

रुपन्देही–३ उपनिर्वाचनका लागि २७ दलका २८ निवेदन

काठमाडौं । कार्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर तीनमा हुने प्रतिनिधि सभा उपनिर्वाचनमा भाग लिनका लागि २७ दलले निर्वाचन आयोगमा

पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ को नेपाली पाठ्यपुस्तकमा भएको त्रुटि…

काठमाडाैँ । पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ को नेपाली पाठ्यपुस्तकमा भएको त्रुटि सच्याएको छ । बोध र अभिव्यक्ति खण्डको अभ्यास

जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढ्यो : ठेक्का सम्झौतामा…

काठमाडाैँ । डोल्पाको जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अगाडि बढेको छ । प्रवर्द्धक कम्पनी र निर्माण व्यवसायीबीच निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामा

बाँदरको उपद्रो बढेपछि भोजपुरका किसान चिन्तित

भोजपुर । भोजपुरका किसानको प्रमुख समस्या बाँदरको उपद्रो बनेको छ । वर्षभरी खाने अन्नपात बादरले छिनभरमा नै सखाप पार्ने भए

मुस्ताङको मुक्तिक्षेत्र लोपोन्मुख लुुलु गाईपालनको केन्द्र बन्दै

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका लोपोन्मुख लुुलु गाईपालनको केन्द्र बन्दै गएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका सबै गाउँहरुमा परम्परागत

भारतको राजस्थानमा सवारी दुर्घटना हुँदा १० जनाको मृत्यु

एजेन्सी । भारतको राजस्थानमा आज (बुधबार) बिहान भएको सवारी दुर्घटनामा दश जनाको मृत्यु भएको छ । राजस्थानको डौसामा बिहान मन्दिर

Techie IT