Techie IT
२०८२ असोज १, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालनेपालमा कोभिड–१९ को नयाँ ‘सब भेरियन्ट’ पुष्टि

नेपालमा कोभिड–१९ को नयाँ ‘सब भेरियन्ट’ पुष्टि


काठमाडौँ । नेपालमा कोभिड–१९ को नयाँ ‘सब भेरियन्ट’ केपी पुष्टि भएको छ ।

गत दुई महिनायता देशभर कोभिड –१९ पुष्टि भएका ४२ जनाको नमुनाको जिन सिक्वेन्सिङ गर्दा १२ जनामा ओमिक्रोन भेरियन्टको सब भेरियन्ट केपी ‘वान’ र १७–जनामा केपी ‘टू’ पुष्टि भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । यस्तै एक जनामा केपी ‘थ्री’ र एक जनामा केपी ‘फो’ भेरियन्ट देखिएको छ ।

यसअघि नेपालमा ओमिक्रोन भेरियन्टको जे एन भेरियन्टको विभिन्न सब भेरियन्ट पुष्टि भएको थियो । पछिल्लो समय देखिएको केपी भेरियन्ट भने सिङ्गापुरलगायत केही देशहरूमा देखिएको प्रयोगशालाले जनाएको छ ।

प्रयोगशालाले सूचनामा केपी भेरियन्ट अत्यधिक चाँडो फैलनसक्ने भेरियन्ट भएको उल्लेख गरेको छ । अरू देशको अनुभवअनुसार केपी सब भेरियन्टको लक्षण अन्य भेरियन्टको तुलनामा खासै फरक छैन ।

यो भेरियन्टमा नाकबाट पसिना आउने, घाँटी दुख्ने, खोकी लाग्ने, छाती दुख्ने, ज्वरो आउने, जीउ दुख्ने, कमजोरीपनजस्ता पुरानै लक्षण देखिएको पाइन्छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT